२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

निर्वाचन आयोग पुगेर पूर्वमाओवादी नेताहरुले भने – माओवादी पार्टी अवैध छ, खारेज गर्दिनुस



काठमाडौं । एमालेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका छन् ।

माओवादी पार्टी परित्याग गरी एमालेको केन्द्रीय कमिटीमा सामेल भएका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्र खारेजीको माग गर्दैै आयोग गएका हुन् ।

उनीहरुले आयोगमा माओवादी केन्द्र अवैध भएको दाबी पेश गर्न लागेका छन् । यही प्रयोजनका लागि लिलबहादुर थापा, रामचन्द्र मण्डल, टेबहादुर बलमपाखी, दधिराम न्यौपाने, टंक आङबुहाङ लगायतका पूर्वमाओवादी नेताहरु आयोग पुगेका हुन्। उनीहरुले आयोगका पदाधिकारी समक्ष माओवादी केन्द्र असंवैधानिक भएको दाबी गरेका छन् ।

एमालेको स्थायी कमिटीमा रहेका नेताहरुले प्रचण्ड नेतृत्वको माओवादीले २०६९ सालदेखि महाधिवेशन नगरेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा विजयी भएका मणि थापाबाहेकका नेताहरुको सांसद पद माओवादीको आग्रहमा निर्वाचन आयोगले खारेज गरेको छ ।

सांसद पद नभएपछि उनीहरुले खाइपाई आएको मन्त्री पदबाट बर्खास्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि उनीहरु पूर्वपार्टीप्रति आक्रमक बनेका हुन् । अवैधानिक पार्टीले कारवाही गर्दा आफुहरुको पद गएकोमा उनीहरुको आक्रोश रहेको छ ।

 

 

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १२ : ५३ बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व