२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेट



काठमाडौं । एकअर्का विरूद्ध चर्को आलोचनामा उत्रिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको छ ।

दोस्रो तहका नेताहरूको प्रयत्न र विवाद समाधान कार्यदलमा भएको पटकपटकको छलफलपछि दुई नेताबीच भेटवार्ता भएको हो ।

काठमाडौंको नक्सालस्थित होटल मेरियटमा साँझ ७ बजेपछि भेट भएको हो ।

नेता नेपाल साँझ ७ बजे मेरियट पुगेका थिए । त्यसको केहिबेरमा अध्यक्ष एवं प्रधानमन्त्री ओली पुगेका थिए ।

वार्तामा दोस्रो तहका नेताहरु पनि सहभागी छन् । पार्टी फुटको अवस्थामा पुगेको बेलामा पार्टी एकताका लागि गठित कार्यदलले सहमतिको मस्यौदाका लागि प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : ०१ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ