६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रयोगशालाले नै राख्दैनन संक्रमितको विस्तृत विवरण



काठमाडौं । कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ ।

घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले संक्रमितको विस्तृत विवरण नहुँदा सकस भएको बताएको छ ।

देशभरका ५८ सरकारी र ३८ निजी प्रयोगशालाबाट कोरोना परीक्षण हुने गरेको छ । तीमध्ये केही प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर) नसोधी परीक्षण गराउने गरेका छन् ।

जसकारण संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेकालाई सम्पर्क गर्न समस्या भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हाल देशभर २६ हजार ४ सय सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कोभिड-१९ स्वाब परीक्षण गर्ने प्रयोगशाला एवं अस्पतालहरूलाई पत्र काट्दै ईडीसीडीले भनेको छ, ‘पीसीआर पोजेटिभ भएकाहरूको सम्पर्क नम्बर पूर्णरूपमा उपलब्ध गराइदिनू ।’

महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले प्रयोगशालाबाट प्राप्त हुने रिपोर्टमा सम्बन्धित पीसीआर पोजेटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बरलगायत व्यक्तिगत विवरण उपलब्ध नहुने र गलत सम्पर्क नम्बर प्राप्त हुँदा केस म्यानेजमेन्ट एवं फलोअप कल प्रभावित हुने बताए ।

सबै पीसीआर प्रयोगशालालाई कोरोना पोजिटिभ भएका व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराइदिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले कोरोना पत्ता लगाउन स्वाब परीक्षण गर्ने सबै प्रयोगशालालाई संक्रमण पुष्टि भएका व्यक्तिलाई ईडीसीडीको कल सेन्टरबाट कल गरिने भएकाले सम्पर्क नम्बर उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रयोगशालाबाट पोजिटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बर र व्यक्तिगत विवरण पूर्णरूपमा उपलब्ध नहुने र गलत नम्बर उपलब्ध हुने हुँदा व्यवस्थापनमा समस्या हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ ।

डा. पौडेलले सबै प्रयोगशालालाई पीसीआर परीक्षण गराउन आउने व्यक्तिलाई अनिवार्य रूपमा सम्बन्धित व्यक्तिकै सम्पर्क नम्बर उल्लेख गर्न लगाउन पनि अनुरोध गरिएको बताए । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : ४९ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय