१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

लुम्बिनी प्रदेश राजधानी भालुवाङमा होटल पौवा संचालनको अन्तिम तयारीमा



बुटवल । लुम्बिनी प्रदेश सरकारले एक वर्षभित्र प्रदेशका सबै मन्त्रालयहरु स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा सार्ने घोषणा गरेसँगै दाङको भालुवाङ आसपासमा होटल क्षेत्रमा लगानी बढ्न थालेको छ ।

बिगतमा साना तथा मध्यमस्तरका होटलहरु संचालनमा रहेका भालुवाङमा पछिल्लो समय स्तरीय होटलहरु पनि बन्न थालेका छन् ।

भालुवाङको पाखापानीमा बनेको होटल पौवा प्रदेश राजधानीकै पहिलो स्तरीय होटल बनेको छ ।

नेपाली आतिथ्यताका साथ लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानमा स्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको होटल पौवाले भालुवाङबाट आंशिक सेवाप्रवाह दिन थालेको छ ।

१५ करोड लगानी लक्ष्यसहित तीन वर्षअघिदेखि भालुवाङमा रेष्टुरेन्ट सेवा दिइरहेको पौवाले अहिले सुविधासम्पन्न अत्याधुनिक भवनबाट बसोबासको पनि सेवा दिन थालेको हो ।

स्टार लेभलको स्तरीय वासस्थानसहित नेपाली स्वादको पहिचान बनाएको होटल पौवाको आठ शाखा मध्ये भालुवाङ शाखा एक हो । यसअघि रुपन्देहीको भैरहवा, बुटवल, पाल्पाको तानसेन, कपिलवस्तुको गोरुसिङ्गे, कर्णाली प्रदेशको जुम्लामा होटलको सेवा दिँदै आएको पौवा ग्रुपले यसै वर्षबाट सुदुर पश्चिम प्रदेशको धनगढी र गुल्मीको रेसुङ्गामा पनि होटल र रिसोर्ट संचालन गरेको छ ।

प्रदेश सरकारले तिब्र गतिमा राजधानीको भौतिक पूर्वाधार निर्माण गर्न थालेसँगै प्रदेश सरकारको तयारीलाई सघाउ पुग्ने गरी पौवाले पनि भालुवाङको निर्माणलाई तिब्रता दिएको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । राजधानी संचालनमा आएसँगै राजधानीमा हुने सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको कार्यक्रमहरुलाई स्थान अभाव नहोस् भन्ने उद्देश्यले होटल, व्यान्क्वेट र बैठक कक्षहरु तयार हुनै लागेको अध्यक्ष भण्डारीले बताए ।

भण्डारीका अनुसार होटलमा साना तथा मझौला गोष्ठी, सेमिनार तथा बैठकहरु संचालन गर्न मिल्ने हलहरु एक महिनाभित्र तयार हुनेछन् । यस्तै, ६ महिनाभित्र सुविधासम्पन्न सभाकक्ष (१५०० बढी क्षमताको) निर्माण हुने छ । स्टार लेभलको ३० बढी आवासीय कोठाहरु संचालनको अन्तिम तयारीमा पुगेका छन् । पौवाले तीन वर्ष अघिदेखि नै गुणस्तरीय खानाको रेष्टुरेण्ट यही ठाउँमा संचालनमा ल्याइसकेको छ ।

नेपाली व्यवहार, नेपाली स्वाद र नेपाली वातावरण सहितको सेवा पौवाको विशेषता भएको होटल पौवा भालुवाङका प्रवन्धक केडी शर्माले बताए । विश्व मानचित्रमा स्वच्छ माया दिनसक्ने पहिचान बनाएको नेपालीपन पौवामा पाइने शर्माले दाबी गरे ।

नेपाली होटल व्यवसायमा युरोपियन, इण्डियन, ईटालियन, चाइनिज हस्पिटालिटी प्रयोगमा आएपनि नितान्त नेपाली हस्पिटालिटीको मोडल पौवाले तयार गर्न खोजेको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । प्रदेश सरकारको भौतिक निर्माण तयार हुन नसकेको अवस्थामा प्रदेशसभा बैठक नै गर्न सकिने गरी सभाकक्ष निर्माणको तयारी गरिएको ज्ञवालीले बताए ।

कोरोना महामारीको पहिलो लहरकै बीचबाट निर्माण सुरूभएको होटलको मुल संरचना दोस्रो लहरको मध्यसम्ममा निर्माणको उत्तरार्धमा पुगेको छ ।महामारीको समयमा अन्य कैयौं होटलहरू बन्द हुँदा पनि पौवाले होटलको भौतिक निर्माणलाई निरन्तरता दिएको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ‘अप्ठेरो अवस्था आयो भनेर हात बाँधेर बस्ने हैन, यसलाई चिर्न सक्ने योजना बनाउन सक्नुपर्छ,’ ज्ञवाली भन्छन्, ‘तर होटल व्यवसाय र पर्यटन उद्योग महामारीका कारण कारण सबैभन्दा बढी संकटमा परेका कारण राज्यले यिनीहरूको पुनरोत्थानका लागि व्यवहारिक व्यवसाय मैत्री नीति ल्याउनुपर्छ ।’

भैरहवा, बुटवल, पाल्पा लगायतका पौवाका शाखाहरूले निषेधाज्ञाको बीचमा पनि होम डेलिभरी सेवा दिँदै आएका छन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १० : ०८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले