१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

चिनियाँ सामग्री निर्धक्क आयात गराउन आग्रह



रसुवा । वर्षायाममा हुने अवरोध हटाई तत्काल रसुवास्थित राजमार्ग सञ्चालन गराउन पूर्व तयारी गरिएको छ ।

यस वर्ष जेठदेखि भारी वर्षा शुरू भएको र स्याउबारीदेखि रसुवागढी क्षेत्रको करिब ४५ किलोमिटर सडकका भूभागमा अनगिन्ती पहिरो जान थालेपछि सडक विभागले एक घण्टाभित्र अवरोध हटाउन प्राविधिक जनशक्तिसहित उपकरण तैनाथ गरेको हो ।

सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका दुई इञ्जिनीयर उपकरणसहित तैनाथ भएकाले यस वर्षको सडक अवरोध तत्काल हट्नेमा आफूहरू आशावादी भएको चालकले बताएका छन् । यही असार १ गते आएको भीषण बाढीले सिन्धुपाल्चोकको तातोपानी नाका अवरूद्ध बनाएपछि चीनसँगको कारोवार गर्ने एकमात्र उत्तरी रसुवागढी नाका सहज पार्न जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहमा यस वर्ष सडक विभागले विशेष चासो देखाएको छ ।

आकस्मिक रूपमा आउने पहिरो पन्छाउन यतिबेला यहाँका सडक मार्गमा दुई टिपर, एक डोजर, एक लोडर र दुई स्काभेटर तैनाथ गरिसकिएको इञ्जिनीयर राजेन्द्र मर्हजनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार असार १ गतेयता २५ भन्दा बढी स्थानका सडक अवरोध हटाइएको छ ।

असार पहिलो हप्ता सडकको अवरोध हटाउन सुरक्षा जनशक्ति बढी खट्नु परिरहेको अवस्थामा तैनाथ गरिएका सरकारी उपकारले केही सहजता आएको बताइएको छ । रसुवागढी क्षेत्रका राजमार्ग खुलाउन विगतदेखि नै निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले निरन्तर उपकरण सहयोग गरिरहेको छ । यस वर्षदेखि निर्माण चरणमा अगाडि बढिरहेको एक सय २० मेगावाट भोटेकोशी जलविद्युत् आयोजनाले पनि पहिरो पन्छाउन उपकरण उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

यस्तै आकस्मिक कार्यका लागि सडक कार्यालयले प्रहरीलाई उपकरण दिएको भन्ने केही सञ्चार माध्यमको सूचना यर्थात् नभई औजार मात्र भएको र आम नागरिकलाई जानकारी गराउन ती औजार प्राप्त गरेकै दिन प्रहरीको फेसबुकमार्फत सार्वजनिक गरिएको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए । स्थानीय प्रशासनको आदेशमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले सडक सञ्चालनदेखि लिएर विपद् व्यवस्थापनमा गरेको योगदान उल्लेखनीय भएको नागरिक समाजले जनाएको छ ।

भारी वर्षाका कारण पहिराको जोखिम बढेपछि त्रिशूली र भोटेकोशी नदी किनारमा रहेको नयाँ राजमार्ग सुधारका सबै काम वर्षायाम भरका लागि बन्द गरिएको छ । छोटो दूरीको बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी तर्फको राजमार्गमा जोखिम बढेपछि बेत्रावती, धुञ्चेतर्फको मार्ग मात्र सञ्चालन गराइएको गल्छी, मैलुङ स्याफ्रु सडक बिस्तार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

सडक विस्तार आयोजनाका साथै डिभिजन सडक कार्यालयको समेत जिम्मेवारी सम्हालेका कारण पासाङल्हामु मार्गमा हुने अवरोध एक घण्टाभित्र हटाई सवारी साधन निर्वाध सञ्चालन गराउन आवश्यक उपकरणसहित आफू पूर्वतयारीमा रहेकाले चीनबाट ल्याइने सामग्री निर्धक्क साथ आयात गर्न व्यापारी व्यवसायी वर्गलाई आग्रह गरिएको प्रमुख भण्डारीले जानकारी दिए ।

विगतको तुलनामा यस वर्ष पासाङल्हामु मार्गको बेत्रावती, कालिका स्थान, धुञ्चे, स्याफ्रुबेँसी क्षेत्रका अधिकांश असहज भागका उल्लेखनीय सुधार गरिएको र केही भागका काम निरन्तर अगाडि बढिरहेको डिभिजन सडक कार्यालयले जनाएको छ । बेत्रावतीदेखि कालिका स्थान, धुञ्चे हुँदै स्याफ्रुबेँसीसम्मका सडक सुधारका लागि विनियोजित रु २० करोडमध्ये करिब रु १० करोड खर्च गरिसकिएका असहज स्थानमा सडक सतह ढलानसमेत गरिएको छ ।

चीनसँगको कारोवार गर्ने व्यापारी नाका सहज र बलियो बनाउन सरकारले रकम विनियोजन गरे पनि कार्यस्थलमा यथेष्ट काम हुन नसक्दा १० करोड फ्रिज जाने भएको छ । कोरोनाको सङ्क्रमण, निर्माण सामग्रीको अभाव, रोग नियन्त्रणका लागि स्थानीय प्रशासनको निषेधाज्ञाजस्ता कारणले विनियोजित रकम बराबरको काम हुन नसकेको सडक सुधारका कार्य गराउने इञ्जिनीयर मर्हजनले बताए ।

इञ्जिनीयर मर्हजनका अनुसार रु १० करोडको खर्चबाट साविक कालोपत्र उप्केका एक हजार २०० मिटर भागमा मर्मत, ३५० मिटरमा ग्याबिन पर्खाल निर्माण, दुई हजार ६०० मिटर सडक सतहमा ढलान, दुई किलोमिटर नाली मर्मत गरिएको बताइएको छ । -रासस

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १२ : ०७ बजे

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : एमेच्योर सदभाव बने च्याम्पियन, प्रो भुवन सात स्ट्रोकले पराजित

काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

आजको मौसम : बाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ