१५ बैशाख २०८१, शनिबार | April 27, 2024

टोपबहादुर भन्छन्, – अवैध पार्टीले गरेको कारवाही मान्य हुँदैन



काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् ।

शुक्रवार माओवादी केन्द्र खारेजीको लागि परेको निवेदन अघि बढाउन निर्वाचन आयोगलाई दबाब दिन पुगेका नेता रायमाझीले आफने पूर्व पार्टी माओवादी संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचलेको आरोप लगाएका हुन् । रायमाझीले युद्धकालमा पनि भूमिगत र छापामार ढंगले चलेको पार्टी त्यसपछि पनि सोही पद्धतीमा चलेको आरोप लगाए ।

रायमाझीले माओवादीमा २०६९ सालमा महाधिवेशन भएपनि खासमा २९ वर्षदेखि कुनै महाधिवेशन नभएको जिकिर गरे । माओवादी अवैध पार्टी भएका कारण सो पार्टीले गरेको कारवाही पनि अवैध भएको उनले बताए ।

रायमाझीले भने, माओवादीले २०६९ सालमा नाम मात्रको महाधिवेशन गरेको थियो । २०७८ सालसम्म आउँदा ९ वर्षसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेकै छैन । एमाले, माओवादीको एकतालाई शुन्य समय मानेपनि करिब ७ वर्ष भयो । राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्ये । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्येक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’

रायमाझीले राजनीतिक पार्टीहरुलाई सिस्टममा ल्याउनका निम्ति आफुहरुले माओवादी केन्द्र खारेजीको माग सहित निर्वाचन आयोगमा निवेदन दिएको बताए । व्यक्तिवादी तरिकाले, अनुशासनहीन तरिकाले पार्टी चलाउनेहरु विरुद्ध आफुहरुले पहलकदमी लिएको उनले दाबी गरे ।

नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु साह, लिलबहादुर थापा लगायतका पुगेका थिए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : ५९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग