७ आश्विन २०८३, बुधबार | September 23, 2026

टोपबहादुर भन्छन्, – अवैध पार्टीले गरेको कारवाही मान्य हुँदैन



काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् ।

शुक्रवार माओवादी केन्द्र खारेजीको लागि परेको निवेदन अघि बढाउन निर्वाचन आयोगलाई दबाब दिन पुगेका नेता रायमाझीले आफने पूर्व पार्टी माओवादी संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचलेको आरोप लगाएका हुन् । रायमाझीले युद्धकालमा पनि भूमिगत र छापामार ढंगले चलेको पार्टी त्यसपछि पनि सोही पद्धतीमा चलेको आरोप लगाए ।

रायमाझीले माओवादीमा २०६९ सालमा महाधिवेशन भएपनि खासमा २९ वर्षदेखि कुनै महाधिवेशन नभएको जिकिर गरे । माओवादी अवैध पार्टी भएका कारण सो पार्टीले गरेको कारवाही पनि अवैध भएको उनले बताए ।

रायमाझीले भने, माओवादीले २०६९ सालमा नाम मात्रको महाधिवेशन गरेको थियो । २०७८ सालसम्म आउँदा ९ वर्षसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेकै छैन । एमाले, माओवादीको एकतालाई शुन्य समय मानेपनि करिब ७ वर्ष भयो । राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्ये । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्येक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’

रायमाझीले राजनीतिक पार्टीहरुलाई सिस्टममा ल्याउनका निम्ति आफुहरुले माओवादी केन्द्र खारेजीको माग सहित निर्वाचन आयोगमा निवेदन दिएको बताए । व्यक्तिवादी तरिकाले, अनुशासनहीन तरिकाले पार्टी चलाउनेहरु विरुद्ध आफुहरुले पहलकदमी लिएको उनले दाबी गरे ।

नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु साह, लिलबहादुर थापा लगायतका पुगेका थिए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : ५९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई