७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

गाउँमा अज्ञात रोग फैलिएपछि प्रजिअद्वारा अनुगमन



सप्तरी । ‘अज्ञात रोग’ले एक जनाको मृत्यु हुनाका साथै २५ जना बिरामी परेकोपछि शुक्रबार साँझ सप्तरीका प्रमुख जिल्ला अधिकारीले महदेवा गाउँपालिका-२ चकलाको निरीक्षण अनुगमन गरेका छन् ।

प्रजिअ जयनारायण आचार्य नेतृत्वको जिल्ला प्रशासन कार्यालयको टोलीले चकला गाउँ पुगेर गाउँलेसँग जानकारी लिनाका साथै वस्तुस्थिति अवलोकन गरेको हो ।

टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएको चकला टोलकी ४० वर्षीया सीतादेवी रजकको बिहीबार राति मृत्यु भएको थियो । बिहीबार साँझ साढे ७ बजे सो समस्या भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएकी रजकको राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अपच भई पखाला लागेको हुन सक्ने अनुमान गरिए पनि ज्वरोसमेत आएकाले के कारणले मृत्यु भएको हो भन्ने विषयमा परीक्षण भइरहेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले बताए । अस्पतालमा भर्ना भएकी रजककै परिवारका तीन जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ ।

चकला टोलसँगै जोडिएको तिलाठी कोइलाडी गाउँपालिका-८ तोपाको उत्तर टोलमा पनि यस्तै लक्षणका २१ बिरामी छन् । टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या बिहीबार साँझदेखि देखिएको स्थानीय जयनारायण यादवले बताए ।

तीमध्ये उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका आठ वर्षीय कृष्णकुमार मण्डल, ३० वर्षीया प्रयागीदेवी खंग र ६ वर्षीय पारसकुमार मण्डललाई थप उपचारका लागि धरान रिफर गरिएको अस्पतालले जनाएको छ ।

स्थानीयवासीका अनुसार अस्पताल नगएका बिरामीको स्थानीय मेडिकल क्लिनिक र घरमै स्लाइन पानी लगाई उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : ५८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल