७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सडकमा ‘किला-एम्बुस’



गनापुर । दृष्टि विशेषज्ञ डा। दीपेन्द्रराज भट्टराई चढेको कार १० दिनअघि कोहलपुरबाट नेपालगन्ज नपुग्दै पन्चर भयो। ‘नयाँ टायर थियो । कसरी-कसरी हावा गयो रु अचम्म लाग्यो’, कोहलपुर नेत्रालयमा कार्यरत डा. भट्टराईले भने, ‘क्याट आईको किला पो गढेको रहेछ ।’ राजमार्गमा रातिको समयमा गाडीको साइड लाइटजस्तै पहेंलो बत्ती बल्ने लाइटका रूपमा क्याट आई (बिरालोको आँखा) प्रयोग हुन्छ ।

कोहलपुर नगरपालिका-१२ चप्परगौडीका किरण रैलाले त जेठमै दुईपटक मोटरसाइकलको टायर फेरे । ‘१८ जेठमा कोरोना संक्रमितलाई भेटेर नेपालगन्जबाट घर फर्कँदै थिएँ, कोठारपुरमा पुगेपछि किलाले बाइक पन्चर भयो । निषेधाज्ञाले गर्दा वर्कसपहरू सबै बन्द थिए । झन्डै ६-७ किलोमिटर बाइक डोर्‍याएर घर जानुपर्‍यो’, उनले आक्रोश पोखे, ‘त्यति बेला निकै रिस उठ्यो । जेठको अन्तिम साता फेरि नेपालगन्ज जाने बेला पनि किलाले बाइक पन्चर बनायो ।’

कोहलपुरमा मसला उद्योग सञ्चालन गरेका उनी नेपालगन्ज ओहोरदोहोर गरिरहन्छन् । उनी बाटोभरि नै क्याट आइका किला नै किलाको ‘एम्बुस’ रहेको टिप्पणी गर्छन् ।

कोहलपुरका नीरज सिंहको मोटरसाइकलमा त एक महिनाअघि गढेको किला अझै छ । ‘कोहलपुरको न्युरोडबाट चौराहा जाने बेला किला बिझेको थियो । वर्कसपवालाले किला निकाले पन्चर हुन्छ, ननिकाले केही हुँदैन भनेपछि बाइकको टायरमा बिझेको किला झिकेको छैन’, उनले भने, ‘केही दिनअघि काकाको बाइक पिपरी चोकमा क्याट आइको किलाले पन्चर भयो । झन्डै २ किलोमिटर बाइक डोर्‍याएर घर आउनुभयो ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ०४ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी