१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नुवाकोटमा भेटियो डेल्टा प्लस भेरिएन्ट, एक साताको लागि निषेधाज्ञ थप



नुवाकोट । नुवाकोटमा जिल्लामा कोभिड-१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरिएन्ट’ फेला परेको छ ।

त्रिशूली जिल्ला अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरिएन्ट भेटिएको जनाएको छ ।

अस्पतालमा मेडिकल प्रमुख डा दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरिएन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी सङ्क्रामक रहेको जानकारी दिँदै सजग रहन आग्रह गरे ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञ थप गरेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निषेधाज्ञ आगामी साउन १ गते राति १२ बजेसम्म रहने जानकारी दिए । जिल्लामा ५०२ कोरोनाका सक्रिय संक्रमित छन । हालसम्म कोरोनाबाट ३७ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : १३ बजे

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ

आजको : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ