२३ भदौ २०८३, मंगलबार | September 8, 2026

मेलम्चीको बाढीले बनायो सुकुम्बासी



हेलम्बु । बेशीमा सडक विस्तार भएसँगै गाउँको जग्गा बेचविखन गरेर १८ वर्षअघि किउलको गणेशे बगर झरेका धनबहादुर तामाङ मेलम्ची खोलामा आएको बाढीले सुकुम्बासी भएका छन् ।

सडक पुगेको ठाउँमा सुविधा उपभोग गर्न पाउने आशामा हेलम्बु गाउँपालिका-२, ढोडेनीबाट बेशी झरेका धनबहादुरको गत असार १ गते आएको बाढीले घर खेत सबै बगाएपछि सुकुम्बासीजस्तै भएका छन् । बाढीले घर र नजिकै रहेको साँढे चार रोपनी खेत सबै बगाएको धनबहादुर बताउँछन् ।

छिमेकीसँगै टेन्ट हालेर बसेका धनबहादुरको घर खेत मात्र हैन छोरा छोरीलाई राम्रो पढाउने सपना समेत बाढीले बगाएको छ । धनबहादुरका छिमेकी कामी तामाङको पनि बाढिले घर सँगै गरिखाने १५ रोपनी खेत बगाएको छ ।

अहिले तत्काल त दाताले दिएको राहत बाट पेट पालिएला, कामी भन्छन्, ‘दाताले दिन छाडेपछि जहान(बच्च लिएर कहाँ जाने ?’ आफू बाँचे पनि गरिखाने ठाउँ नभएपछि रातभर निदाउन नसक्ने उनी बताउँछन् ।

चनौटे बजारमा भूकम्पपछि बनेको पक्की घर बगाएपछि अन्य छिमेकीसँगै टेन्टमा बसिरहेकी लरिमाया तामाङलाई एक महिनाअघि बितेकी बुहारीको घेवा गर्न नपाएको दुखेसो पोख्छिन् । असार पहिलो हप्ता बुहारीको घेवा गर्ने योजना बनाएकी लरिमाया १ गतेको बाढीपछि घरबारविहीन अवस्थामा पुगेकी छिन् ।

जीवन भरी कमाएको बाढीले लगेपछि उनका श्रीमान साङ्बो लामाको मन थीरमा छैन । यसैवर्ष मात्र निर्माण सकेर बस्न थालेको दुई तलाको घर बाढीले बगाएपछि साङ्बो दिनभर मन बहलाउन गाउँ डुल्ने गरेको लरिमायाले बताइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा युवराज पुरीले लेखेका छन ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ३० बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा