८ बैशाख २०८१, शनिबार | April 20, 2024

मेलम्चीको बाढीले बनायो सुकुम्बासी



हेलम्बु । बेशीमा सडक विस्तार भएसँगै गाउँको जग्गा बेचविखन गरेर १८ वर्षअघि किउलको गणेशे बगर झरेका धनबहादुर तामाङ मेलम्ची खोलामा आएको बाढीले सुकुम्बासी भएका छन् ।

सडक पुगेको ठाउँमा सुविधा उपभोग गर्न पाउने आशामा हेलम्बु गाउँपालिका-२, ढोडेनीबाट बेशी झरेका धनबहादुरको गत असार १ गते आएको बाढीले घर खेत सबै बगाएपछि सुकुम्बासीजस्तै भएका छन् । बाढीले घर र नजिकै रहेको साँढे चार रोपनी खेत सबै बगाएको धनबहादुर बताउँछन् ।

छिमेकीसँगै टेन्ट हालेर बसेका धनबहादुरको घर खेत मात्र हैन छोरा छोरीलाई राम्रो पढाउने सपना समेत बाढीले बगाएको छ । धनबहादुरका छिमेकी कामी तामाङको पनि बाढिले घर सँगै गरिखाने १५ रोपनी खेत बगाएको छ ।

अहिले तत्काल त दाताले दिएको राहत बाट पेट पालिएला, कामी भन्छन्, ‘दाताले दिन छाडेपछि जहान(बच्च लिएर कहाँ जाने ?’ आफू बाँचे पनि गरिखाने ठाउँ नभएपछि रातभर निदाउन नसक्ने उनी बताउँछन् ।

चनौटे बजारमा भूकम्पपछि बनेको पक्की घर बगाएपछि अन्य छिमेकीसँगै टेन्टमा बसिरहेकी लरिमाया तामाङलाई एक महिनाअघि बितेकी बुहारीको घेवा गर्न नपाएको दुखेसो पोख्छिन् । असार पहिलो हप्ता बुहारीको घेवा गर्ने योजना बनाएकी लरिमाया १ गतेको बाढीपछि घरबारविहीन अवस्थामा पुगेकी छिन् ।

जीवन भरी कमाएको बाढीले लगेपछि उनका श्रीमान साङ्बो लामाको मन थीरमा छैन । यसैवर्ष मात्र निर्माण सकेर बस्न थालेको दुई तलाको घर बाढीले बगाएपछि साङ्बो दिनभर मन बहलाउन गाउँ डुल्ने गरेको लरिमायाले बताइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा युवराज पुरीले लेखेका छन ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ३० बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र