१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

‘तरकारी किन्नै नसकिने भयो’



काठमाडौं । पछिल्लो पटक तरकारीको भाउ महंगो भएपछि धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुंदा मनपरी भाउ बढेको हो ।

चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ परेको अनुभव कीर्तिपुर निवासी रमिला आचार्यको छ ।

पहिले दुई, तीन थरी तरकारी र अचार हुने रमिलाको भान्सामा अचेल एक थरी मात्रै तरकारी पाक्छ । कीर्तिपुर चोकमै तरकारीको भाउ बुझिरहेका कमल सुवेदीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको अनुभव सुनाए ।

उनले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोंच बनाएको बताए । सुवेदीले तरकारीको भाउ छोइसक्नु छैन । निषेधाज्ञा खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो तर झन् महँगिएको बताए । आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ५० बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।