१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

खेलकुद हब बन्दै बुटवल



बुटवल । बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा खेल क्षेत्रका अनुभवी हुन । लामोसमय क्लबहरुको नेतृत्व, धेरै प्रतियोगिताहरु आयोजनाको अनुभव उनलाई छ । मनमोहन कप, सयपत्री कप, तिलोत्तमा गोल्डकपका धेरै संस्करण टिममा रहेर उनले आयोजनामा भुमिका निर्वाह गरे । यही अनुभवबाट उनले नगर खेलकुद विकास समिति हाक्ने जिम्मेवारी पाए ।

स्थानिय पालिकामा जनप्रतिनिधी निर्वाचित भएपछि अधिकाश युवाहरुको सहभागिता हुने र देशले गहनाका रुपमा मानेको खेलाडी र खेल क्षेत्रलाई संस्थागत गर्ने कामले प्राथमिकता पाएको देखिएको छ । बुटवल उप महानगरमा पनि खेलकुद विकास समितिको गठनसंगै योजनाबद्ध रुपमा काम अघि बढेको छ । ‘हामीले खेल खेलाउदा वडास्तरमा ५ हजार रुपैया छुट्टाईएको हुन्थ्यो ।’–उनले स्मरण गरे । त्यही रकमबाट क्लबले थोरै बजेटमा प्रतियोगिताहरु गराउनुपर्ने बाध्यता भएको उनी बताउछन । अहिले नगरमा खेलकुद बजेट वृद्धिसंगै विकासले गति लिएको उनको दाबी छ । ‘खेलकुद संरचना विकास र प्रतियोगिता आयोजनाकै लागि करीब २ करोड बजेटमा हामी काम गर्दैछौ ।’–उनले भने ।

खेल गतिविधि गर्न चाहने क्लबहरुलाई न्युनतम १ लाख रुपैया पाउनसक्ने अवस्था अहिले रहेको उनी बताउछ । समितिका अध्यक्ष काउचाले २ वर्षको अवधिमा नगरभित्र खेल पुर्वाधारका अल्पकालिन र दीर्घकालिन गुरुयोजनाहरु बनाएको कामलाई थालनी गरेको बताए । नियमित खेलकुदसंगै ठुला पूर्वाधारलाई समेत संगसंग लगेको उनले बताए । नगरभित्र रहेका खेल संम्बद्ध ५२ वटा संघसंगठनलाई समितिमा सुचिकृत गरेर उनिहरुमार्फत समितिको समन्वयमा कार्यक्रम गरिदा प्रभावकारी भएको उनले बताए । ‘सबैलाई समेट्दै योजनाबद्ध तरिकाले काम गर्दा त्यसको प्रभावकारीता देखियो ।’– उनले भने । नगर क्षेत्रमा भएका खेलकुद पूर्वाधारको अवस्था अध्ययन गरि प्रतिवेदन तयार गरि आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको उनले बताए । ‘समितिलाई संस्थागत गरि कार्यविधिहरु बनाउने काम भए । सबै खेल क्षेत्रमा अग्रसर ब्यक्तिहरु समेट्ने काम भयो ।’ उनले भने ।

यो आर्थिक वर्षमा नगरसभामा खेलकुद विकास समितिले ४ करोड १५ लाख रुपैया माग गरेकोमा करीब २ करोड रुपैया बराबर खेलकुदका लागि छुट्याएकोे उनले बताए । दुई वर्षको अवधिमा खेलाडी, प्रशिक्षक, खेलसंग सम्बन्धित संघसंस्थालाई नगरमा सुचिकृत गर्ने, खेलकुद मैदान अध्ययन गरि विभिन्न स्थानमा रहेका ४० वटा खेलमैदानलाई मर्मतसम्भारका लागि बजेट छुटाएको काम गरेको उनले बताए ।

बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०७८/२०७९ को नगर परिषदबाट करीब २ अर्ब ५३ करोड रकम भन्दा बढीको बजेट विनियोजन गरेको छ । यो रकम बिनियोजनसंगै बुटवल उपमहानगरले खेल विकासका लागि एउटा शुरुवात गरेको छ । ‘नगर क्षेत्रमा रहेका खेलकुद सम्बद्ध संघसंस्थाहरुलाई एकै ठाउमा ल्याउने कामलाई हामीले प्राथमिकता दियौ ।’–नगरप्रमुख शिवराज सुवेदीले भने । नगरमा सबैलाई संगठित गरेर योजनाबद्ध अघि बढाउने सोचका साथ समितिमार्फत यो काम गरेको उनले बताए । यस अवधिमा खेलकुद पूर्वाधार विकासमा धेरै कामहरु भएको उनले दाबी गरे । ‘हामीले केवल पूर्वाधार विकासमात्र नभई खेलाडीलाई क्रियाशिल गराउने गरि प्रतियोगिताहरुमा समेत जोड दिएका छौ ।’– उनले भने । उपमहानगरपालिकाको बजेटसंगै दीर्घकालिन पुर्वाधार विकासमा प्रदेश र संघिय सरकारको सहयोग मागेर काम थालेको उनले बताए । ‘कोभिड संक्रमण र लकडाउन हाम्रो लागी बाधक बन्यो ।’– उनले भने ।

बुटवल उपमहानगरभित्र क्रिकेट खेलमैदान निमार्णको लागि यो वर्ष नरेनापुरधाममा क्रिकेट रंगशालालाई २५ लाख रुपैया छुटाएको उनले बताए । क्रिकेटमा युवा खेलाडी उत्पादन गर्ने परिचय बनाएको यो नगरमा नै खेलमैदान नभएको हुदा संरचना बनाउन शुरुवात गरेर अहिले एउटा प्रतियोगिता समेत संचालन गरिसकेको उनले बताए । समितिमार्फत वार्षिक रुपमा खेल क्षेत्रबाट योगदान दिने खेलाडी, प्रशिक्षकहरुलाई सम्मान कार्यक्रम गरि प्रोत्साहनका कार्य गरिदै आएको उनले बताए । बुटवललाई खेलकुदको हब बनाउने योजनाका साथ खेलकुदको विविधिकरण र विशिष्टकरण गरी स्थानीय क्लबहरुलाई प्रोत्साहन र नियमन, विद्यालयस्तरमा खेलकुदको वातावरण र्सिजना गर्ने तथा बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १९ वडा सम्म खेलकुदका इनडोर तथा आउटडोरका ४० वटा खेल पूर्वाधारको विकास, विस्तार र सुदृढीकरण गर्ने कामलाई अघि बढाएको नगर प्रमुख सुबेदीको भनाई छ ।

सबै उमेर समूहलाई लक्षित गरी खुला व्यायामशाला वडा वडामा निमार्ण गरिएको समेत सुबेदीले बताए । यो क्षेत्रमा साईक्लिङको क्रेजलाई मध्येनजर गरि नगर क्षेत्रमा रहेका सडकमा साईकलमैत्री पूर्वाधारलाई जोड दिन यो वर्ष साइकल लेनका लागि १० लाख रुपैया बजेट बिनियोजन गरिएको उनले बताए ।

नगर प्रमुख सुबेदीका अनुसार यो अवधिमा नया पुर्वाधार निमार्णको क्रममा सेमलार कबर्ड हल अन्तिम चरणमा पुगेको छ । करीब ३ करोडको गुरुयोजनामा अघि बढेको कर्बड हलको अहिलेसम्म पौने २ करोड खर्च भएको छ । यसैगरि वडा नं १० मा उपमहानगरपालिका ३५ लाख रुपैया र साढे ४ लाख जनसहभागितामा कालिका कराते डो एकेडेमी अन्तिम चरणमा छ । यसको कुल बजेट भने ५० लाख बजेट रहेको छ । वडा नं. १ मा तेक्वान्दो कबर्ड हल, चन्द््रनगरमा लुम्बिनी स्पोर्टस् कम्प्लेक्सको काम अघि बढेको छ । पुर्वाधार विकासतर्फ हेर्दा वडा नं १६ निमार्णधिन क्रिकेट मैदानलाइ पहिलो वर्ष १० लाख, त्यसपछि क्रमगत रुपमा अर्कोवर्ष १० लाख र यो आर्थिक वर्ष २५ लाख रुपैया बजेट बिनियोजन गरि काम गर्न सफल भएको उनले बताए । यसैगरि सिद्धेश्वर मैदान मर्मत सम्हार गरि रात्रीकालिन समयमा पनि खेलकुद गर्न मिल्ने गरि लाईट जडान, वडा नं १४ को खेलमैदान, उजेलापुर खेलमैदान, वडा नं १८ मा क्रिकेट र फुटबल ग्राउण्ड मर्मत, वडा नं १७ मा फुटबल ग्राउण्ड, वडा नं १२ मा रहेको तारा खेल (आर्चरी) प्रर्वद्घन गर्न खेल र पुर्वाधार विकासका लागि २० लाख रकम छुट्टिएर काम अघि बढेको सुबेदीले बताए । अन्तराष्ट्रियस्तरमा नाम कमाएको आर्चरी खेल विकास गर्ने थालनी अघि बढाएको पनि उनले जानकारी दिए ।

यसैगरि बुटवलमा राष्ट्रपति छनौट प्रतियोगिता २०७७ मा भाग लिएका नगरका ३१ वटा विद्यालयहरुलाई उनिहरुको स्तरको आधारमा खेलसामग्री वितरण गरेर प्रोत्साहन गर्ने कामलाई अगाडी बढाएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयले ३० हजार रुपैयादेखि सहभागीलाई न्युनतम १० हजारसम्मको फुटबल, भलिबल, सटफुट, भलिबल नेट, हाईजम्प लगायत खेलकुद सामग्रीहरु वितरण गर्ने उपमहानगरको योजना छ । यसबाट खेलाडीहरुलाई नियमित अभ्यास गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सामुदायिक विद्यालयहरुमा खेल शिक्षक तालिम, राष्ट्रपति छनौट प्रतियोगिता आयोजना समेत गरेको नगर प्रमुख सेबेदीले बताए । यो अवधिमा केही कार्यक्रमहरु प्राथमिकतामा राखेर गर्ने तयारी भएपनि कोभिडकै कारण रोकिएकोमा उनले दुखेसो गरे । ‘नगरभित्र रहेका खेलाडीहरुलाई प्लटफर्मका रुपमा मानिएको मेयर कप प्रतियोगिता गर्ने अन्तिम तयारीमै रहेपनि रोक्नुपर्यो ।’–उनले भने । प्रदेश सरकारसंगको सहकार्यमा जवईमा अन्तर्राष्ट्रिय स्तरको उजिरसिह रंगशालाको काम डिपिआर सकिएको भएपनि प्राविधिक र प्रक्रियागत कारणले ढिलाई भएको उनले बताए ।

 

 

 

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १० : ०१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग