२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

१६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिका लागि आईतबार मध्यराती इटाली र इंग्ल्यान्ड भिड्दै



काठमाडौं । १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिका आईतबार मध्यराती इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई टोली जारी युरोपकमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् ।

खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा इंग्ल्यान्ड युरोमा पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ । पछिल्लो १२ खेलमा अपराजित रहेको इंग्ल्यान्ड युरोकपमा पहिलोपटक नै फाइनलमा पुग्न सफल भएको हो । यस्तै इंग्ल्यान्ड ५५ वर्षपछि ठूला प्रतियोगिता जित्ने लक्ष्यमा हुनेछ । इंग्ल्यान्डले ५५ वर्षअघि अर्थात् सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्ड पहिलोपटक फाइनलमा पुगेको हो ।

टोलीसँग लयमा रहेका कप्तान ह्यारी केन, रहिम स्टर्लिङ, बुकायो साका, फिल फोडेन, जाडोन सान्चो, मार्कुस रासफोर्ड, ज्याक ग्रेयालिस, रिस जेम्स, मासन माउन्ट, काल्भिन फिलिप्स, जोर्डन हेन्डरसन, डिक्लन रिस, बिन चिलवेल, बिन ह्वाइट, ह्यारी मगाएर, जोन स्टोन्स, केएल वाल्कर र गोलरक्षक जोर्डन पिकफोर्ड रहेका छन् । ह्यारी केन र रहिम स्टर्लिङलाई गोल्डेन बुट जित्ने अवसर छ । केनले क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै गोल्डेन बुट जित्न कम्तीमा दुई गोलको आवश्यक छ । एक गोल र अर्को गोलको लागि असिस्ट दिए पनि गोल्डेन बुट रोनाल्डो र केनले बाड्नेछ । यस्तै रहिमलाई पनि गोल्डेन बुट जित्न ३ गोलको खाँचो छ ।

यता, पछिल्लो ३३ खेलमा अपराजित रहेको इटाली पनि इंग्ल्यान्डलाई उसकै मैदानमा स्तब्ध पार्दै ५३ वर्षपछि युरोको च्याम्पियन बन्न लक्ष्यमा हुनेछ । इटाली सन् १९६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै च्याम्पियन बनेको थियो । त्यति बेला फाइनल पनि दुई लेगमा भएको थियो । त्यसयता इटाली योसहित तेस्रोपटक फाइनल खेल्दै छ । इटालीले पछिल्लोपटक सन् २०१२ मा फाइनल खेलेको थियो । जहाँ इटालीले स्पेनलाई ४–० ले नतिजा सुम्पिएको थियो ।

यसपटक उच्च लयमा रहेको इटाली उक्त कमजोरीलाई नदोहो¥याई च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । पछिल्लो ३ वर्षयता अपराजित रहेको इटालीसँग सिरो इम्मोविले, लोरेन्जो इन्सिग्ने, जियाकोमो रास्पाडोरी, एन्ड्रिय बेलोट्टी, फेडरिको चिइसा, म्यानयुल लोकाटेली, माटियो पेस्सिना, निकोलो बरेल्ला, फेडरिको बर्नरडेस्ची, जर्गिन्हो, मार्को भेराट्टी, एलेसान्द्रो बास्टोनी, जियोभानी डि लोरेन्जो, इमर्सन, एलेसान्द्रो फ्लोरेन्जी, फ्रान्सिस्को एसर्वी, जर्जियो चिलियानी, लियोनाद्रो बोनुची र गोलरक्षक जियानलुइगी डोन्नररुम्मा रहेका छन् । चोटका कारण लियोनार्दो स्पिनाजोला टोलीमा हुने छैनन् । यी दुई टोलीबीचको इतिहास हेर्दा इटाली केही बलियो देखिएको छ । यी दुई टोलीबीचको हालसम्मको २७ खेलको नजितामा इटाली ११ खेलमा विजयी भएको छ । इंग्ल्यान्डले ८ खेल आफ्नो पक्षमा पार्दा ८ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई खेलमा यी दुई टोलीले बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १० : २४ बजे

प्रधानमन्त्री बालेन्द्रलाई भेटे वर्षमानले, रोल्पा विपद्मा परेकाको उद्धार र पुनर्स्थापनाको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा रोल्पाबाट प्रतिनिधिसभा

शशांकको घोषणा – ‘देउवा नै कांग्रेसका सभापति र नेता हुनुहुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर समूहको राष्ट्रिय भेला

सुकेधारामा संस्थापन इतर कांग्रेसको शक्ति प्रदर्शन, देउवा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेला

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति