१९ बैशाख २०८१, बुधबार | May 2, 2024

आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, देशका अधिकांश स्थानमा वर्षाको सम्भावना



काठमाडौं । देशका धेरै स्थानहरुमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्नसक्ने जनाउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । आगामी तीन दिन देशभर नै वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : २४ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी