१७ बैशाख २०८१, सोमबार | April 29, 2024

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन



काठमाडौं । कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई १-०ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाको जितमा विंगर एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । खेलको २२ औँ मिनेटमा रोड्रीगो डे पलले दिएको लामो पासलाई नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै डी मारियाले गोल गरेका थिए ।

योसँगै अर्जेन्टिना कोपामा १५ पटकको च्याम्पियन बनेको छ । जारी प्रतियोगिता एवं अन्तर्राष्ट्रिय फुटबलमा सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा यो पहिलो देशका लागि अन्तर्राष्ट्रिय उपाधि हो ।

मेस्सीको फुटबल करियरमा देशका लागि यो पहिलो ठुलो उपाधि पनि हो । अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लोपटक कोपा जितेको थियो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समय देखि नै ब्राजिलले बल पोसेसनमा पकड जमाएर केहि आक्रमण बुनेपनि गोल गर्न सकेन ।

अर्जेन्टिनाले यस अघि १९९३ मा कोपा अमेरिका उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : ४७ बजे

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक