१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सञ्चार विधेयक फिर्ताको माग गर्दै लुम्बिनी प्रदेशसभा भवनमा पत्रकारहरुको धर्ना



बुटवल । सञ्चार विधेयकका विरुद्ध लगातार आन्दोलनमा रहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले आज लुम्बिनी प्रदेशसभा भवनमा धर्ना दिएको छ । सञ्चार बिधेयक फिर्ता गरी पुनर्लेखनको माग गर्दै महासंघ लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रदेशसभा अगाडि धर्ना दिएको हो ।

विधेयकबारे सबै प्रदेशसभा सदस्यहरुको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदेशसभा बैठक शुरु हुनु एक घण्टा अघि दिउँसो १२ बजेदेखि १ बजेसम्म महासंघ आवद्ध पत्रकारहरुले कालो ब्यानरसहित प्रदेशसभाको मुल गेट अगाडि धर्ना दिएका थिए ।

धर्ना कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरीले विधेयकको मस्यौदामा राखिएका सञ्चारमाध्यम दर्ता, नवीकरण बन्द, सञ्चार परिषद् गठन, दण्ड जरिवानाका दफाप्रति महासंघको आपत्ति रहेकाले पुनर्लेखन हुने पर्ने बताए । उनले बिधेयक फिर्ताका लागि शान्तिपूर्ण आन्दोलनमा आउनु परेको बताए ।

विधेयकमा सञ्चार रजिष्ट्रार (सरकारी कर्मचारी)ले सञ्चारमाध्यमको दर्ता नवीकरण बन्द गर्नसक्ने, पत्रकारलाई कार्यक्रम प्रसारण गरेवापत एक वर्ष कैद सजाय तोक्न सक्ने जस्ता संघीय कानून विपरीतका प्रावधान रहेकाले महासंघले विधेयक अस्वीकार गर्ने बताउँदै आएको छ ।

बिधेयकमा सञ्चार परिषद्को अध्यक्षमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री र अधिकांश सदस्यहरू पनि मन्त्रालयका सचिवहरू रहने प्रस्ताव गरिएको छ । परिषद्लाई सरकारको नियन्त्रणमा राखेर स्वतन्त्र र व्यावसायिक पत्रकारितालाई निरुत्साहित गर्ने सरकारको निहीत उद्देश्य रहेको महासंघको आरोप छ ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : ३३ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक