८ बैशाख २०८१, शनिबार | April 20, 2024

पाँचतले मन्दिरको ३२० वर्षगाँठ मनाइयो



मध्यपुरथिमि । विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध पाँचतले मन्दिरको ३२० वर्षगाँठ मनाइएको छ ।

आज मन्दिरभित्र परम्पराअनुसार राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीले पूजा गरी मन्दिरको टुप्पोमा सेतो कपडामा रातो चन्द्राकार भएको ठूलो झण्डा फहराउँदै वर्षगाँठ मनाइएको हो ।

मन्दिर स्थापनाको सम्झनामा प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिन यसरी नै पूजाआजा गरी झन्डा फहराउने प्रचलन रहिआएको छ । आजको दिन पूजामा बोका बली दिने परम्परा रहे पनि कोभिड-१९ का कारण मन्दिरमा सामान्य पूजा गरी झण्डा फहराई मनाइएको तलेजुका मूल नाइके नरेन्द्र जोशीले जानकारी दिए ।

पूजा सकेपछि भक्तपुर नगरको तुछमला टोलका अवालको टोलीले मन्दिरको टुप्पोमा पुगेर झन्डा फहराएका थिए । मन्दिरमा झण्डा राख्नको लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिरमाथि प्रवेश नदिने परम्परा चलिआएको छ ।

नेपाल सम्वत ८२२ मा तत्कालीन भक्तपुरका राजा भूपतिन्द्र मल्लले सिद्ध अग्नी कोत्याहुती होम सु-सम्पन्न गरी श्री सिद्धीलक्ष्मी देवीलाई पाँचतले मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको इतिहास छ । त्यही बेलादेखि नै प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा झण्डोत्तोलन गर्ने प्रचलन रही आएको छ । रासस

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : १६ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र