२६ बैशाख २०८१, बुधबार | May 8, 2024

कार्यदलको १० बुँदे सहमति स्वागतयोग्य : योगेश भट्टराई



काठमाडौं । नेकपा९एमाले०का नेता योगेश भट्टराईले एमाले विवाद मिलाउन गठन भएको कार्यदलले आइतबार गरेको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् ।

नेता भट्टराईले आइतबार राति सामाजिक सञ्जालमार्फत् सहमति स्वागतयोग्य भन्दै यसको कार्यान्वयन गर्दै र एकतालाई थप सुदृढ पार्दै अघि बढ्नुपर्ने कार्यभार रहेको बताएका हुन् ।

‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य छ ।’ नेता भट्टराईले भनेका छन्, ‘यसको कार्यान्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, विश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ ।’

उनले कार्यदल सदस्यहरुलाई धन्यवाद पनि दिएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : ५५ बजे

भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घ । हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका

मातातीर्थ औँसीमा नबिल बैंकले बनायो सन्देशमूलक भिडियो

काठमाडौं । मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो

कांग्रेस संसदीय दलको बैठक विहिबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक विहिबार बस्ने भएको

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिदै

काठमाडौं। बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता

जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य : अध्यक्ष ओली

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा