१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

इटाली बन्यो युरोकप २०२० को च्याम्पियन



काठमाडौं । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ ।

निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३-२ ले विजयी भएको हो ।

पहिलो हाफको सुरुवातमा नै अग्रता लिएको इंग्ल्यान्डले बल पोसेसनमा पकड जमाउँदै इटालीलाई खुलेर खेल्न दिएको थिएन । दोस्रो हाफमा थप आक्रामक देखिएको इटालीले सेट पिसमा गोल फर्काएपछि खेल पुनस् प्रतिस्पर्धात्मक देखिएको थियो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा पहिलो प्रहार गर्न आएका इटालीका डोमेनिको बेरार्डीले सहजै गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि आफ्नो पेनाल्टीमा कुनै गल्ति गरेनन् । दोस्रो प्रहारमा आन्द्रीए बेलोट्टीको प्रहार पिकफर्डले बचाएपछि इंग्ल्यान्डले अघि बढ्ने अवसर पाएको थियो । ह्यारी मगाएरले शक्तिशाली प्रहार टप कर्नरमा गोल गरेपछि इंग्ल्यान्ड अघि बढेको थियो ।

तेस्रो प्रहारमा इटालीका लिओनार्दो बोनुचीले गोल गरे । लगत्तै मार्कस रासफर्डको प्रहार पोस्टमा लागेर बाहिरिंदा खेल बराबरीमा पुगेको थियो । चौथो प्रहारमा बर्नार्डेसकीले सिधै प्रहारमा गोल गर्दा जेडन सान्चोले पेनाल्टीमा गोल गर्न नसक्दा इटालीले अग्रता लिएको थियो । पाँचौ प्रहारमा जर्जिन्होले गोल गर्न चुकेपनि त्यसपछि बुकायो साकाको प्रहार डोनारुम्माले बचाएपछि इटालीले ३-२ को जित दर्ता गर्दै उपाधि जित्यो ।

खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । इटालीको कर्नरबाट अघि बढेको इंग्ल्यान्डको काउन्टर अट्याकमा शा गोल गर्न सफल भएका थिए । दायाँ विंगबाट काइरान ट्रीपिएरले दिएको क्रसलाई शाले बायाँ भागबाट पहिलो टचमा नै गोल गरेका थिए ।

आठौं मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेको फ्रिकिकले वाल पार गरेपनि गोलरक्षक जोर्डन पिकफर्डलाई कुनै समस्या दिन सकेन । १४ औं मिनेटमा मेसन माउन्टको क्रसमा गोलरक्षक जियानलुइजी डोनारुम्माले सहज बचाउ गर्दै खतरा टारे ।

२८ औं मिनेटमा इन्सिगनेले इंग्ल्यान्डको रक्षापंक्ति तोडेपनि उनको अन्तिम प्रहारले पोस्टको दिशा लिन भने सकेन । ३५ औं मिनेटमा फेडेरिको किएजाले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको प्रहारमा गोलरक्षक पिकफर्ड बिट भएपनि पोस्टभन्दा थोरैले बाहिरियो ।

इन्ज्युरी समयमा चिरो इम्मोबिलेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा डिफेन्डर जोन स्टोन्स बाधक बने । त्यसपछि दुवै टोलीले गोलको अवसर सिर्जना नगर्दा इंग्ल्यान्ड पहिलो हाफमा अग्रता जोगाउन सफल रहयो ।

दोस्रो हाफमा इटालीले सुधारिएको खेल प्रदर्शन गर्दै खेलमा फर्कियो । एकपछि अर्को आक्रमण विफल पारेको इंग्ल्यान्डले काउन्टरमा अवसर भने सिर्जना गरेको थियो । ६२ औं मिनेटमा किएजाको प्रहारमा पिकफर्डले सुन्दर बचाउ गर्दै स्कोर परिवर्तन हुन दिएनन् । अर्कोतर्फ डोनारुम्म़ाले स्टोन्सको हेडर बचाएका थिए ।

६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्यो । बेरार्डीको कर्नरमा भेराट्टीको हेडरलाई पिकफर्डले बचाएपनि पोस्टमा लाग्दै फर्केको बलमा बोनुचीले कुनै गल्ती गरेनन् । इंग्ल्यान्डको डिफेन्सले क्लिअर गर्न नसकेको सेट पिसमा इटाली खेलमा फर्किएको थियो ।

७४ औं मिनेटमा इटालीले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । बोनुचीको लामो पासमा बेरार्डीले पेनाल्टी क्षेत्रभित्र पहिलो टचमा नै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । डिफेन्स लाइन बिट भएर गोलरक्षक समेत अघि बढेको अवस्थामा बेरार्डीले हतारमा गरेको प्रहार बाहिरिएको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको ९७ औं मिनेटमा काल्भिन फिलिप्सले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारले पोस्टको दिशा लिन सकेन । १ सय ४ औं मिनेटमा इटालीले अग्रता लिने अवसर पाएको थियो । तर क्रस बचाउने धुनमा गोलरक्षक पिकफर्ड पोजिसनबाट बाहिर रहँदा फरवार्ड आन्द्रीए बेलोट्टीले गोल गर्न सकेनन ।

यो सँगै पहिलो पटक युरोकपको फाइनलमा पुगेको इंग्ल्यान्ड युरोपियन च्याम्पियन हुन चुकेको छ भने इटलीले दोस्रो पटक युरो कपको उपाधि जितेको छ ।

इटाली सन् १९६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै च्याम्पियन बनेको थियो । यस्तै, इटालीले पछिल्लोपटक सन् २०१२ मा फाइनल खेलेको थियो । जहाँ इटालीले स्पेनलाई ४-० ले नतिजा सुम्पिएको थियो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : ४७ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका