२ कार्तिक २०८३, सोमबार | October 19, 2026

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज कोरोना खोप नेपाल आइपुग्यो, १ डोज लगाए पुग्ने



काठमाडौं । अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।

सोमबार बिहान कतार एयरवेजको उडानमार्फत अमेरिकाले उपलब्ध गराएको जोनसन एण्ड जोनसन कम्पनीको १५ लाखा ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो । यो खोपको एक डोज मात्र लगाए पुग्छ । अर्थात नेपालमा थप १५ लाख ३४ हजार ८५० जनाले जोनसन एण्ड जोनसनको खोप लगाउन पाउनेभएका छन् ।

अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् । नेपालको कोरोना विरुद्धको लडाईंमा यो खोप महत्वपूर्ण बन्ने अमेरिकाले विश्वास गरेको छ ।

खोप हस्तान्तरणपछि भिडियो सन्देश दिँदै राजदूत बेरीले अमेरिकाले राजनीतिक लाभका लागि खोपको व्यापार नगर्ने बताएका छन् । उनले नेपाललाई उपलब्ध गराएको खोप अमेरिकी जनताको तर्फबाट निशुल्क उपहार भएको बताउँदै भनेका छन् – ‘राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्ने छैनौं । यो जीवनरक्षासँग जोडिएको विषय हो ।’

नेपाललाई यसअघि भारतले १० लाख डोज र चीनले १८ लाख डोज खोप सहयोग गरिसकेका छन् । यस्तै विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज खोप सहयोग गरेको छ ।

यसैगरी नेपालले भारतसँग थप २० लाख डोज खरिद गरेपछि त्यसमध्ये जम्मा १० लाख डोज खोप मात्र नेपालले प्राप्त गरेको छ । भारतबाट किनेको खोप नपाउँदा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका १३ लाख जेष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।

खोपमा भारतको मात्र भर परेको नेपाले भारतसँगबाट थप खोप प्राप्त गर्न सक्ने कुनै अवस्था नभएपछि मात्र चीनसँग ४० लाख डोज भेरोसेल खोप खरिद गरेको छ । यसको पहिलो खेप नेपाल आइसकेको छ ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ११ : ०६ बजे

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३

दसैंले गाउँबस्तीमा बढायो रौनक

भोजपुर। बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको