४ पुस २०८२, शुक्रबार | December 20, 2025

माधव नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्दै



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्ध बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि उत्साहित भएको विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ ।

अदालतको आदेश लगत्तै गठबन्धनका नेताहरुले व्यक्तिगत हैसियतमा सकारात्मक टिप्पणी गरेपनि अबको रणनीति बनाउन गठबन्धनको बैठक बस्न लागेको छ । बैठक एमाले बरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा साँझ ५ बजे बस्ने भएको छ ।

नेता नेपालले अदालतको फैसलालाई स्वागत गर्दै यो फैसलाले अदालतकै गरिमा बढाएको टिप्पणी गरेका थिए । एमालेमा ओली पक्षका नेताहरुले फैसलाको विरुद्धमा टिप्पणी गर्दै सडकमा प्रदर्शन समेत सुरु भएका बेलामा नेता नेपालकै निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ ।

 

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको