८ बैशाख २०८१, शनिबार | April 20, 2024

राजनीतिक नेतृत्व अहंकार र दम्भबाट ग्रसित हुँदा दलको आन्तरिक विधान र निर्णयहरूमा अदालत प्रवेश ग-यो : नेतृ झाँक्री



काठमाडाैं ।  एमाले नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा लोकतन्त्रको पक्षधर नेपाली जनता र सांसदहरुलाई बधाई ज्ञापन गरेकी छिन् । फैसला आए लगत्तै आफ्रनो ट्वीटर एकाउण्टमा ट्वीट गर्दै नेतृ झाँक्रीले संबैधानिक ईजलासका न्यायाधिशहरु, वरिष्ट अधिबक्ता र अधिबक्ताहरु, विघटनको विपक्षमा लागेका राजनीतिक नेतृत्व, मिडिया र नागरीक समाज सबैलाई धन्यवाद पनि व्यक्त गरेकी छिन् ।

उनले ट्वीटमा राजनीतिक नेतृत्वले विवेक गुमाएर अहन्कार र दम्भबाट ग्रसित हुँदा संसद सहित दलको आन्तरिक ब्यवस्था विधान, विधि र निर्णयहरूमा अदालत प्रवेश गर्ने उल्लेख गरेकी छिन् । ‘जब राजनीतिक नेतृत्वले विवेक गुमाउछ, अहंकार र दम्भबाट ग्रसित हुन्छ। जनताको सार्वभौम सत्ता, कानुन र विधि आफूमा निहित रहेको राज्य ठान्छ नि, राजनीतिका सबै मामिला लोकतन्त्र, संविधान र संसद सहित दलको आन्तरिक ब्यवस्था विधान, विधि र निर्णयहरूमा अदालत प्रवेश मात्र गर्दैन, परिक्षण गर्न जानुपर्ने अबस्था आउने रहेछ।’ उनले भनेकी छिन्, – ‘त्यसैले राजनीति नेतृत्व कस्तो हुने भन्ने निर्णय गर्नु धेरै ठूलो कुरा रहेछ। न्यायपालिकाले आफ्नो गरिमा बढाएको छ।’

एमाले कार्यदलले एकताको प्रयास जारी राख्दा समेत नेतृ झाँक्रीले अदालतमा विचारधिन मुद्दालाई प्रभाव पार्ने गरि एकता हुन नहुने तर्क गर्दै आएकी थिईन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : १४ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको