१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

राजनीतिक नेतृत्व अहंकार र दम्भबाट ग्रसित हुँदा दलको आन्तरिक विधान र निर्णयहरूमा अदालत प्रवेश ग-यो : नेतृ झाँक्री



काठमाडाैं ।  एमाले नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा लोकतन्त्रको पक्षधर नेपाली जनता र सांसदहरुलाई बधाई ज्ञापन गरेकी छिन् । फैसला आए लगत्तै आफ्रनो ट्वीटर एकाउण्टमा ट्वीट गर्दै नेतृ झाँक्रीले संबैधानिक ईजलासका न्यायाधिशहरु, वरिष्ट अधिबक्ता र अधिबक्ताहरु, विघटनको विपक्षमा लागेका राजनीतिक नेतृत्व, मिडिया र नागरीक समाज सबैलाई धन्यवाद पनि व्यक्त गरेकी छिन् ।

उनले ट्वीटमा राजनीतिक नेतृत्वले विवेक गुमाएर अहन्कार र दम्भबाट ग्रसित हुँदा संसद सहित दलको आन्तरिक ब्यवस्था विधान, विधि र निर्णयहरूमा अदालत प्रवेश गर्ने उल्लेख गरेकी छिन् । ‘जब राजनीतिक नेतृत्वले विवेक गुमाउछ, अहंकार र दम्भबाट ग्रसित हुन्छ। जनताको सार्वभौम सत्ता, कानुन र विधि आफूमा निहित रहेको राज्य ठान्छ नि, राजनीतिका सबै मामिला लोकतन्त्र, संविधान र संसद सहित दलको आन्तरिक ब्यवस्था विधान, विधि र निर्णयहरूमा अदालत प्रवेश मात्र गर्दैन, परिक्षण गर्न जानुपर्ने अबस्था आउने रहेछ।’ उनले भनेकी छिन्, – ‘त्यसैले राजनीति नेतृत्व कस्तो हुने भन्ने निर्णय गर्नु धेरै ठूलो कुरा रहेछ। न्यायपालिकाले आफ्नो गरिमा बढाएको छ।’

एमाले कार्यदलले एकताको प्रयास जारी राख्दा समेत नेतृ झाँक्रीले अदालतमा विचारधिन मुद्दालाई प्रभाव पार्ने गरि एकता हुन नहुने तर्क गर्दै आएकी थिईन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : १४ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति