४ पुस २०८२, शुक्रबार | December 20, 2025

देउवाको नेतृत्वमा मंगलबार सानो आकारको सरकार बनाउने गठबन्धनको निर्णय



काठमाडौं । विपक्षी गठबन्धनले भोलि मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ ।

कोटेश्वरमा बसेको पाँच दलीय गठबन्धनको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रारम्भमा सानो आकारको सरकार बनाउने निर्णय गरेको हो।

सर्वोच्चको फैसला आएको केहीबेरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने तयारीमा लाग्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद पुनर्स्थापना गर्दै भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको छ ।

बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि सबैको सक्रिय भुमिका रहने निर्णय समेत गरेको बैठकमा सहभागी एक नेताले बताए ।

गठबन्धनबाट माधव नेपाल समुह भने बाहिरिने भएको छ । बैठकमा माधव नेपालले अब गठबन्धनको मिसन सकिएको भन्दै आफुहरू पार्टी एकतामा लाग्ने बताएका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको