४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाँच दलिय गठबन्धनले बुटवलको ट्राफिक चौकमा गरे दिप प्रज्वलन



बुटवल । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बुटवलमा दीप प्रज्वलन गरिएको छ । पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले सर्वोच्चको आदेशले ओलीको निरङ्कुशतालाई परास्त गरेको भन्दै बुटवलमा दीप प्रज्वलन गरेका हुन् ।

बुटवलको ट्राफिक चोकमा जम्मा भएका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल पक्ष, जनता समाजवादी पाटी, राष्ट्रिय जनमोर्चा सहित पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले सर्वोच्चको फैसलालाई स्वागत गर्दै ओली युगको अन्त्य भएको घोषणा गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद केसी, नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सदस्य डिल्ली चौधरी, जसपा लुम्बिनी प्रदेश मुख्य सचिव यज्ञ पोखरेल लगायतले केपी ओलीको प्रतिगमनले सर्वोच्चबाट परास्त गरेको भन्दै अब केही हदसम्म संविधानको रक्षा भएको बताए । उनीहरुले पाँच वर्षसम्म गठबन्धन मिलेर जाने समेत घोषणा गरे । नेताहरुले प्रधानमन्त्री ओलीलाई अबिलम्ब कुर्ची खाली गर्न आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १० : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको