६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीको कोटहिमाईको जुवा अड्डामा प्रहरीको छापा, १ लाख ६८ हजार नगद सहित ११ जुवाडे पक्राउ



बुटवल । रुपन्देही प्रहरीले जिल्लाको कोटहिमाईमा संचालनमा रहेको जुवा अड्डामा छापा मारेको छ । आर्थिक लेनदेन गर्दै जुवा अड्डा संचालनमा रहेको सूचनाका आधारमा आज प्रहरीले छापा मार्दा जुवा खेलिरहेका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने जुवाडेहरुमा जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका ३ का मोहमद लाडले अन्सारी, धर्मेन्द्र भन्ने कम्लेश कुमार यादव, विशाल यादव, मोहमद सरिफ जोलहा, सुरज यादव, निरज कुमार यादव, संजय जैशवाल रहेका छन् । त्यसैगरि मायादेवी गाउँपालिका ५ का भगवानदाश कुर्मी, सोनु मल्लाह, समिर धुनिया र घनश्याम यादवलाई पनि जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका जुवाडेहरुबाट प्रहरीले नगद १ लाख ६८ हजार ९०५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल १० थान, ट गड्डी तास र जुवा खेल्न प्रयोग गरेको प्लाष्टिकको बोरा १ थान बरामद गरीएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ११ : ०१ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय