१९ असार २०८३, शुक्रबार | July 3, 2026

बाँके कांग्रेसमा चुनावी चहलपहल, कस्ले मार्ला बाजी ?



नेपालगन्ज । कुनैबेला नेपाली काँग्रेसको केन्द्रीय सभापति दिन सफल बाँके जिल्लामा कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक भेटघाट र चुनावी रणनीति बनाउन नेताहरुलाई भ्याईनभ्याइ भएको छ । वार्ड, पालिका, निर्वाचन क्षेत्र हुँदै जिल्ला शाखा कार्यसमितिको नेतृत्व गर्न नेताहरुले दौडधुप गर्न थालेका छन् ।

कुनैबेला सुशिल कोईराला पार्टी सभापति रहँदा संस्थापनमा गनिएका नेताहरु अहिले संस्थापन इतरका रुपमा संगठित भईरहेका छन् भने त्यतिबेला इतर राजनीति गरेका नेताहरु यतीबेला संस्थापनका तर्फबाट पदहरुमा दाबी गरिरहेका छन् ।

कांग्रेसको संशोधित साँगठानिक संरचना अनुसार सक्रिय सदस्यहरुबाट वडा, पालिका, प्रादेश समिति, संघीय निर्वाचन समिति हुँदै जिल्ला कार्य समितिका लागि निर्वाचन हुन्छ । वडा, पालिका र क्षेत्रिय समिति तथा जिल्ल कार्यसमितिमा ठुलो संख्यामा आकाँक्षीहरु देखिएपनि प्रदे समितिमा भने खासै कांग्रेसी कार्यकर्ताहरुले चासो देखाएका छैनन् ।

बाँकेका क्षेत्र नम्बर १ बाट संस्थापन पक्षबाट माधवराज खत्रीले क्षेत्रिय सभापतिका लागि तयारी गरिरहेका छन् भने पौडेल-कोईराला समुहबाट पोषण केसीको दाबी देखिएको छ । तप्त पौडेलले पनि क्षेत्रिय सभापतिको आकाँक्षा राखेका छन् ।

पूर्व पार्टी सभापति सुशिल कोईरालाको गृहनगरमा क्षेत्रिय समितिमा धेरै आकाँक्षीहरु देखिएका छन् । संस्थापन पक्षबाट बिरेन्द्र बहादुर शाह र  रमेश गुप्ताको नाम चर्चामा रहेको छ । संस्थापन ईतरबाट भने अहिलेसम्म कसैकाे दाबी देखिएकाे छैन । क्षेत्र नम्बर ३ नम्बर क्षेत्रिय समितिमा भने संस्थापनबाट नक्की खाँको पक्का पक्की जस्तै बनेको छ । यद्देपी प्रकाश शाहीले पनि क्षेत्रिय सभापतिमा दाबी प्रस्तुत गरेका छन् ।

बाँकेमा जिल्ला सभापतिमा आकाँक्षा राख्नेहरुको संख्या ठुलो देखिएको छ । बाँकेमा जिल्ला सभापतिमा पौडेल-काईराला समुहका अलावा निधी समुह, सिटौला समुह पनि देखिएको छ । जिल्ला सभापतिमा अझै एक पटक कोईराला बिरासतबाट स्वर्गीय सुशिल काईरालाकी बुहारी वर्तमान सभापति किरण कोईरालाको दाबी रहने अधिकार छंदैछ । त्यस बाहेक सुनिल नसिंङ राणा, ज्ञानु केसी, युवराज शर्माको पनि सो समुहबाट चर्चा रहेको छ । त्यसैगरि देउवा पक्षबाट वादशाह कुर्मी, निरन्जनसिंह सिंजापती, लक्ष्मी नारायण शाह सभापतिको कुर्सी ताकेर बसेका छन् । बाँके जिल्ला सभापतिमा बिलेन्द्र निधीले समेत समुह बनाएर राजकुमार वर्मा वा बादशाह कुर्मीलाई छुट्टै उम्मेदवार बनाउने समेत बाँकेमा चर्चा रहेको छ । उता कृष्ण सिटौला निकट मानिएका नारायण गौडेल पनि सभापतिका दाबेदारकारुपमा देखिएका छन् ।

सभापतिमा अस्वस्थ प्रतिस्पर्धा हुने अवस्था देखिए सबैलाई समेटेर पूर्व सभापति कृष्णमान श्रेष्ठलाई सभापति बनाउने खेल पनि सुरु भएको एक कांग्रेसी कार्यकर्ताले खबरकुरालाई बताए ।

जिल्ला नेतृत्व सहित महा-समिति र महाधिवेशन प्रतिनिधि आफ्नो पोल्टामा पार्न देउवा समुहबाट किशोर सिंह राठौर नेपालगन्जमा डेरा जमाएर बसेका छन् भने पौडेल समुहबाट नेबिसंघका पूर्व अध्यक्ष महेन्द्र शर्मापनि नेपालगन्जमै खटिएका छन् ।

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : ३५ बजे

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल