७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्री देउवा र मन्त्रीहरूले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ अनुसार सर्वोच्च अदालतको परमादेशसँगै प्रधानमन्त्रीमा नियुक्त बनेका शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ दिलाएकी छिन् ।

प्रधानमन्त्री देउवासँगै नवनियुक्त चार जना मन्त्रीले पनि सपथ लिएका छन् । गृहमन्त्रीमा बालकृष्ण खाँड, अर्थमन्त्रीमा जनार्दन शर्मा, उर्जामन्त्रीमा पम्फा भुसाल र कानून मन्त्रीमा ज्ञानेन्द्र कार्कीले सपथ लिएका हुन् । देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि पहिलो चरणमा चारमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा, राष्ट्रिष्य सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । तर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भए ।

साँझ ६ बजे भनिए पनि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएपछि सपथ कार्यक्रम ढिला भएको छ । देउवाले मुख्यसचिव शंकरदास बैरागीलाई घरमै बोलाएर विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने बताएका थिए ।

सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको कुनै धारा उल्लेख नगरी मंगलबार दिउँसो मात्र प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन ।

प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरिनु त्रुटिपूर्ण भएको र यसमा राष्ट्रपतिको नियत लुकेको भन्दै कतिपय कानूनविद्हरुले पनि आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : २६ बजे

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट