२ पुस २०८२, बुधबार | December 17, 2025

सपथ ग्रहणका लागि देउवा शीतल निवास पुगे



काठमाडौं । सर्वोच्च अदालतको परमादेशमा संविधानको ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति जारी गरेको विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने अडान लिएका देउवा संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गर्ने नयाँ पत्र आउने प्रतिवद्धता पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेका हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा सर्वोचचको परमादेश अनुसार नियुक्त गरिएको भन्ने वाक्यप्रति देउवाले आपत्ति जनाएका थिए ।

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका थिए । देउवाले शीतलनिवासमै गठबन्धनका नेताहरूसँग छलफल गरेका छन् ।

​साँझ ६ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि विज्ञप्तिबारे विवाद भएपछि ढिला गरेर शपथग्रहण हुन लागेको हो । शीतलनिवासमा सपथ ग्रहण समारोहमा भाग लिन पूर्वप्रधानमन्त्रीहरू, कांग्रेस र माओवादीका नेताहरू उपस्थित भएका छन् ।

देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । अहिलेसम्ममा काँग्रेसबाट बालकृष्ण खाँण र माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : २४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन