८ चैत्र २०८२, आइतबार | March 22, 2026

बङ्लादेशमा ईदका लागि एक हप्ता लकडाउन हटाइने



एजेन्सी । बङ्लादेशमा लागू हुँदै आएको लकडाउन एक हप्ताका लागि हटाउने निर्णय भएको छ । इस्लाम धमौवलम्बीहरूको महान चाड ईद उल अजहालाई लक्षित गरेर एक हप्ता लकडाउन हटाउने निर्णय सरकारले गरेको हो ।

यही जुलाई १५ देखि २२ सम्म लकडाउन खुल्ला गर्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद उल अजहा बङ्लादेशमा यस वर्ष जुलाई २१ मा मनाइने भएको छ ।

लकडाउन हटाइए पनि कोरोनाभाइरस नफैलिनका लागि अपनाउनु पर्ने आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनु पर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

भौतिक दूरी कायम गर्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने, सेनिटाइजर र साबुन पानीको प्रयोग गर्नुपर्नेलगायतका मापदण्ड पालना गर्नुपर्ने सरकारको निर्णय छ ।

पसलहरू, सपिङ मललगायतका ठाउँमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : ०७ बजे

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा

आजको मौसम : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा