१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

छाब्दीवाराही धार्मिक वनका रूपमा समुदायलाई हस्तान्तरण



तनहुँ । प्रसिद्ध धार्मिकस्थल तनहुँको व्यास नगरपालिका-१४ स्थित छाब्दीवाराही धार्मिक वनका रूपमा हस्तान्तरण गरिएको छ ।

डिभिजन वन कार्यालय तनहुँले छाब्दीवाराहीलाई धार्मिक वनका रूपमा समुदायलाई हस्तान्तरण गरेको हो ।

डिभिजन वन प्रमुख कोमलराज काफ्लेले छाब्दीवाराही धार्मिक वनका अध्यक्ष एवं छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापालाई धार्मिक वनको स्वामित्व हस्तान्तरण गरेका छन् ।

धार्मिक वनले ५ हेक्टर क्षेत्रफल ओगटेको सवडिभिजन वन कार्यालय व्यासका प्रमुख नारायण कोइरालाले जानकारी दिए । सोही वन क्षेत्रभित्र छाब्दीवाराही मन्दिर पनि समेटिएको उनले बताए । ‘धार्मिक वन बनाउन २०/२१ वर्षदेखि पहल भएको थियो, अहिले आएर त्यो कामले साथर्कता पायो,’ कोइरालाले भने ।

कुनै धार्मिक स्थल वा त्यसको वरिपरिको राष्ट्रिय वनको विकास, संरक्षण र उपयोग गर्न चाहने कुनै धार्मिक निकाय, समूह वा समुदायले त्यस्तो वनको क्षेत्रफल, ४ किल्ला, त्यस्तो वनमा गरिने कार्यहरू तथा तोकिए बमोजिमका अन्य विवरणहरु खुलाई डिभिजनल वन अधिकृतसमक्ष निवेदन दिनुपर्ने प्रावधान छ ।

धार्मिक वनमा रहेका वन पैदावार सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले व्यापारिक प्रयोजन बाहेकका अन्य धार्मिक कार्यमा उपयोग गर्न सक्नेछ तर वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने गरी वा सार्वजनिकरूपमा हानि नोक्सानी हुने गरी वा जलाधार क्षेत्रमा भू–क्षय हुन सक्ने गरी रुख कटान गर्न नपाइने वन ऐनमा उल्लेख गरिएको छ ।

धार्मिक वनमा सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले नियम विपरीतको कार्य गरेमा वा धार्मिक वनमा गर्नुपर्ने कार्य सञ्चालन गर्न नसकेमा वा ऐन र ऐनअन्तर्गत बनेको नियमबमोजिम पालन गर्नुपर्ने कुराहरु पालन नगरेमा डिभिजनल वन अधिकृतले त्यस्तो धार्मिक वन फिर्ता लिने निर्णय गर्न सक्नेछन् ।

छाब्दीवाराही मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित विकास कोषले गुरुयोजना तयार गरिसकेको छ । छाब्दीवाराही मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको कोषका अध्यक्ष थापाले बताए । रासस

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : ४४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १०

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना व्यक्त

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही । घोराही उपमहानगरपालिका-१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको