६ बैशाख २०८१, बिहिबार | April 18, 2024

बालकोट पुगेर माधव नेपाल विरुद्ध आक्रोश पोखे ओलीले – तिमीलाई आत्मालोचनाको कुनै ठाउँ छैन



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आफ्ना निजी निवास भक्तपुरको बालकोट पुगेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालप्रति चर्को आक्रोश पोखेका छन् ।

बालुवाटारबाट लावालस्करसहित बालकोट पुगेपछि एमाले अध्यक्ष ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएका छन् ।

अरु नेताहरुले आत्मालोचना गरेर आए स्वागत गर्न सकिने भएपनि नेपाललाई आत्मालोचनाको समेत स्थान नभएको ओलीले चेतावनी दिए । समर्थकहरुको उपस्थिति देखेर हौसिएका ओलीले भने ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’

आफ्नो सरकार ढाल्ने मुख्य पात्र माधव नेपाल भएको आरोप लगाए ।

ओली बालकोट पुग्दा उनका समर्थकहरुले माधव नेपाल र प्रचण्ड विरुद्ध नारावाजी गरेका थिए । उनीहरुले माधव नेपाललाई फाँसी दे, प्रचण्डलाई फाँसी दे जस्ता नारा लगाएका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  २ : २६ बजे

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर

एन्फाका उपाध्यक्ष लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द