११ बैशाख २०८१, मंगलबार | April 23, 2024

भारतीय राजदूत क्वत्राले दिए प्रधानमन्त्री देउवालाई बधाई



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई छिमेकी मित्रराष्ट्र भारतका राजदूतले बधाई दिएका छन्।

भारतीय राजदूत विनयमोहन क्वात्राले बुधरबार प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिएका हुन् । देउवा भेट्न राजदूत क्वत्रा बिहान साढे १० बजे बुढानिलकण्ठ पुगेका थिए ।

त्यसक्रममा क्वत्राले भारत र नेपालबीचको मित्रताको चर्चा गर्दै देउवासँग थप मिलेर काम गर्न भारत तयार भएको बताएका थिए । क्वत्राले साझा प्रगति र समृद्धिका लागि भारत र नेपालबीच रहँदै आएको बहुआयामिक सम्बनधलाई थप गाढा बनाउन देउवासँग मिलेर काम गर्न तत्पर भएको बताएका थिए ।

यसअघि देउवाले सपथ लिँदासाथ सामाजिक सञ्जालबाट बधाई दिएका अमेरिकी राजदूत र्यान्डी बेरीले मंगलबार राति नै फोन गरेर कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  २ : ४१ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको