२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना



काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर २६ अगस्टमा नेपालमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेका छन् ।

सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताका तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

उनले २६ अगस्टको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिमा नेपाली नागरिकसँगै भारतीयसहित विभिन्न देशका नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन् ।

‘हाम्रो विचार र प्रार्थना यस विपत्तिमा ज्यान गुमाउनेका परिवारसँग छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ सिंहले भनेका छन् ।

सिंहले भारत र नेपालबीचको सम्बन्धलाई नजिकको मित्रता र साझेदारीका रूपमा उल्लेख गर्दै विपत्तिको यो कठिन घडीमा भारत नेपाली नागरिकसँग काँधमा काँध मिलाएर उभिएको बताएका छन् ।

उनले नेपालमा जारी खोज तथा उद्धार एवं पुनःस्थापनाका प्रयासमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

‘सुख–दुःखका साथीका रूपमा भारत सधैँ नेपालसँग उभिएको छ । यो कठिन समयमा पनि हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग काँधमा काँध मिलाएर उभिएका छौँ,’ सिंहको सन्देशमा उल्लेख छ ।

नेपालमा २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी भल–बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण घर, सडक, पुल, जलविद्युत् आयोजनालगायतका महत्वपूर्ण भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । नेपाल सरकारले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ ।

भारतले यसअघि पनि नेपालमा प्रभावित भारतीय नागरिकको उद्धार तथा शव पहिचानका लागि नेपाली अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  २ : ०८ बजे

घरधनीले तिर्नुपर्ने घरबहाल कर जबरर्जस्ती ब्यवसायीबाट असुली गरिएको गुनासो

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको