१८ भदौ २०८३, बिहिबार | September 3, 2026

चिलिमे पुगेपछि भारतीय राजदूतले भने – कठिनाइका बीच सुरुङमा उद्धार प्रयास जारी छ



रसुवा । बाढीले पुरिएको रसुवाको स्याफ्रुबेसीस्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि नेपाली सेना र भारतीय प्राविधिक टोलीले कठिन परिस्थितिका बीच उत्खनन कार्यलाई निरन्तरता दिएका छन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले चिलिमे पुगेर उद्धार तथा सुरुङ उत्खननको प्रत्यक्ष अनुगमन गर्दै उद्धार प्रयास चुनौतीपूर्ण भए पनि काम नरोकिएको बताएका छन्।

राजदूत श्रीवास्तवका अनुसार नेपाली सेनासँग सहकार्य गरिरहेको भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरेर सुरुङभित्र करिब १०० मिटर अगाडिसम्म प्रवेश गरी अन्वेषण गरिसकेको छ।

‘हामीले चिलिमे नजिक स्याफ्रुबेसी क्षेत्रमा खटिएको हाम्रो प्राविधिक टोलीलाई भेट्यौं। उनीहरूले उद्धार कार्यका लागि चिलिमे पावर हाउसको सुरुङ खन्ने काम जारी राखेका छन्,’ राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उनका अनुसार सुरुङभित्र थप अगाडि बढ्नका लागि आवश्यक भारी उपकरण ल्याउने तयारी भइरहेको छ। थप उपकरणको प्रयोगसँगै सुरुङ उत्खनन तथा खोजी कार्यलाई अगाडि बढाउने योजना प्राविधिक टोलीको छ।

सुरुङभित्रको अवस्था भने सहज छैन। नरम बालुवायुक्त तथा हिलाम्मे जमिन, दलदलजस्तो भू–भाग र कठिन भौगोलिक अवस्थाका कारण उत्खनन कार्य निकै चुनौतीपूर्ण बनेको राजदूत श्रीवास्तवले उल्लेख गरेका छन्।

तर कठिन परिस्थितिका बाबजुद नेपाली र भारतीय प्राविधिक टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको उनले बताएका छन्।

चिलिमे जलविद्युत आयोजनाको पावर हाउस क्षेत्र बाढी तथा पहिरोको चपेटामा परेपछि सुरुङ पुरिएको थियो। त्यसपछि सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना तथा भारतीय प्राविधिक टोली परिचालन गरिएको हो।

उद्धार टोलीले सुरुङभित्रको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै विशेष प्रविधि र उपकरणको प्रयोग गरिरहेको छ। अब भारी उपकरणको प्रयोगबाट सुरुङभित्र थप अगाडि बढ्ने र फसेका व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिने जनाइएको छ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ८ : ४७ बजे

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो

Indian Ambassador Says Rescue Efforts Continue Inside Chilime Tunnel Despite Difficulties

Rasuwa: The Nepali Army and an Indian technical team have

चिलिमे पुगेपछि भारतीय राजदूतले भने – कठिनाइका बीच सुरुङमा उद्धार प्रयास जारी छ

रसुवा । बाढीले पुरिएको रसुवाको स्याफ्रुबेसीस्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा