२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि देउवाको पहिलो बैठक सीसीएमसीसँग



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक प्रधानमन्त्री बनेपछि मन्त्रिपरिषद बाहेकको पहिलो बैठक कोभिडको उपचार, रोकथाम र व्यवस्थापनबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग गरेका छन् । देउवाले प्रधानमन्त्री नियुक्त भई कार्यभार सम्हालेपछि पहिलो बैठक बोलाएर सीसीएमसीका पदाधिकारीसँग छलफल गरेका हुन्।

सीसीएमसीका पदाधिकारीहरुसँगको छफलमा प्रधानमन्त्री देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएको देउवा स्वयंले ट्वीट मार्फत जानकारी दिएका छन् ।

छलफलबारे ट्विट गर्दे देउवाले भनेका छन् -‘आज कोभिड–१९ कोउपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारबाहीका विषयमा कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको छु। कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु।’

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ४६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष