२० माघ २०८२, मंगलबार | February 3, 2026

प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि देउवाको पहिलो बैठक सीसीएमसीसँग



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक प्रधानमन्त्री बनेपछि मन्त्रिपरिषद बाहेकको पहिलो बैठक कोभिडको उपचार, रोकथाम र व्यवस्थापनबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग गरेका छन् । देउवाले प्रधानमन्त्री नियुक्त भई कार्यभार सम्हालेपछि पहिलो बैठक बोलाएर सीसीएमसीका पदाधिकारीसँग छलफल गरेका हुन्।

सीसीएमसीका पदाधिकारीहरुसँगको छफलमा प्रधानमन्त्री देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएको देउवा स्वयंले ट्वीट मार्फत जानकारी दिएका छन् ।

छलफलबारे ट्विट गर्दे देउवाले भनेका छन् -‘आज कोभिड–१९ कोउपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारबाहीका विषयमा कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको छु। कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु।’

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ४६ बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज