२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मेस्सी बार्सिलोनामै बस्ने, आधा तलब घटाएर थप ५ वर्षको सम्झौता



एजेन्सी । अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् ।

बार्सिलोनासँगको करार अवधि गत जुन ३० तारिखबाट सकिएसँगै विश्व फुटबलका महान खेलाडी मेस्सी कुनै पनि क्लबमा आबद्ध हुन स्वतन्त्र बनेका थिए । तर उनले बार्सिलोनामै थप ५ वर्ष रहने सम्झौतामा सहमति जनाएको बताईएको छ ।

नयाँ सम्झौता अनुसार मेस्सी अब सन् २०२६ सम्म अर्थात ३९ वर्षको उमेरसम्म बार्सामै रहनेछन् । यसका लागि उनले आफ्नो तलबमा आधा कटौती गर्नेछन् ।

हाल वार्षिक १७ करोड अमेरिकी डलर तलब लिईरहेका मेस्सीले अब भने वर्षको साँढे ८ करोडको हाराहारीमा पारिश्रमिक बुझ्नेछन् । बार्सिलोनासँगको करार अवधि सकिएपछि मेस्सी नयाँ सम्झौता नगरिकन कोपा अमेरिका खेल्न अर्जेन्टिना गएका थिए ।

उनको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका जितिसकेका छ । उनी हाल परिवारसँग विदा मनाईरहेका छन् । ६ पटकको बालोन डी’ओर विजेता मेस्सीले बार्सिलोनाबाट सबै उपाधि जितेका छन् ।

३४ वर्षीय मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ७ : ३३ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज