२० बैशाख २०८३, आइतबार | May 3, 2026

क्लबको अनुमति नलिई साउदी अरब गएकोमा मेस्सीले स्वीकारे गल्ती



काठमाडौं । लियोनेल मेस्सीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा गल्ति स्विकार गरेका छन् ।

पेरिस सेन्ट जर्मेन (पिएसजी)को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफनो गल्ति स्विकार गर्दै माफी मागेका हुन् । सोह अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, त्यो हेर्नका लागि म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक यो सोचे कि हामीले खेल पछिको दिन बिदामा हुनेछौं, जुन अघिल्लो हप्ताहरूमा पनि भईरहेको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले पनि रद्ध गरिसकेको थिए तर यसपटक भने सकिन ।’

पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । उनी सो सम्झौता अनुसार अब तीनवटा मात्रै खेल खेल्न पाउने छन् । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारीमा छ ।

३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् । उनलाई साउदी अरबका क्लबहरुले पनि चासो देखाईरहेका छन र उनी माथी करोडौं खर्च गर्न खोजिरहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : २४ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर