६ बैशाख २०८१, बिहिबार | April 18, 2024

आजका लागि बोलाईएको कांग्रेस पदाधिकारी बैठक स्थगित



काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेका काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक सारिएको छ । प्रधानमन्त्री देउवाको कार्यव्यस्ताको कारण बैठक सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो २ बजे सम्मका लागि सारिएको छ । देउवाले पार्टीका शीर्षस्थ नेतासँग सरकारका प्राथमकिता, दलिय गठबन्धन, मन्त्रिपरिषद् विस्तार र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाएका थिए ।

१७ वटा मन्त्रालय आफैले राखेर ५ सदस्सीय मन्त्रिमण्डलबाट कार्यआरम्भ गरेका देउवा गठबन्धन र पार्टीभित्र सन्तुलन मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ९ : १३ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच