२ पुस २०८२, बुधबार | December 17, 2025

ओली पक्षको युथ फोर्सको काउण्टरमा नेपाल पक्षको अखिल फोर्स गठन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्देशनमा युथ फोर्स गठन भएको २ दिनपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको अनेरास्ववियूले पनि अखिल फोर्स गठन गरेको छ ।

बिहीबार आरआर क्याम्पसमा नेपाल समूहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को उपत्यकास्तरीय कार्यकर्ता भेलाले नेपाल पक्षको अखिलले काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरेको हो ।

एक साताभित्र एक हजार एकजनाको फोर्स निर्माण हुने कार्यक्रममा बताईएको थियो । तमाम बेथितिका विरुद्ध काम गर्न फोर्स गठन गरिएको अनेरास्ववियूकी महासचिव आरती लामाले जानकारी दिइन् ।

गएको मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले युथ फोर्स पुनर्गठन गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ६ : ५६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन