२९ भदौ २०८३, सोमबार | September 15, 2026

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले लिए अवकाश



काठमाडौ । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले अवकाश लिएका छन् ।

भण्डारीले अवकाश लिएसँगै बैंकको संचालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनालाइ कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको छ ।

३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल सुरेन्द्र भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको बैंकले जनाएको छ ।

उनको कार्यकालमा बैंकले प्रशंसनीय स्थरोत्रति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको छ । बैंकले यही कार्यकालमा ७ विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो ।
बैंकको सञ्चालक समितिको बैठकमा  सुरेन्द्र भण्डारीले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट विदा लिन चाहेको जानकारी गराउंदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना पनि दिए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ८ : ५१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ