काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ।
सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बैठक बसेको हो।
शुक्रबार साँझ विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएलगत्तै लामिछानेले शुक्रबार राति नै पार्टीका नेताहरूलाई बैठकका लागि खबर पठाएका थिए। सोहीअनुसार शनिबार सचिवालय बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल हुने पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
पत्रकार पक्राउ प्रकरणले राजनीतिक तथा सञ्चार क्षेत्रको ध्यान तानिरहेका बेला रास्वपाको सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ।
















प्रतिक्रिया