१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

देशको अर्थतन्त्रबारे छिट्टै स्वेतपत्र जारी गर्छौं : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हालको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्ने बताएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्ने बताएका हुन् । शर्माले भने, ‘अहिलेसम्मको अवस्था के छ अर्थतन्त्रको भनेर यथार्थ विवरण, श्वेतपत्र तयार गरी केही दिनमा मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछौँ ।’

अर्थमन्त्री शर्माले पुँजि बजारमा समस्या रहेको पनि बताए । पूँजी बजारको समस्या समाधान गर्न सर्वसाधारणको हित हुनेगरी नीति निर्माण गर्ने शर्माले बताए । उनले भने – ‘पूँजीबजार लगायतका समस्याहरु छन् । त्यसलाई पनि सर्वसाधारण जनतालाई कसरी उनको हितमा हुन्छ भन्ने बारेमा पनि हामी नीति, निर्माण गर्नेछौँ ।’

अर्थमन्त्री शर्माले अध्यादेशमार्फत् आएको आर्थिक वर्ष २०७८/७९ को बजेट आगामी संसद बैठकमा पेश हुने र बजेट पास हुने, नहुने त्यसपछि नै निक्र्यौल हुने बताए । उनले भने– ‘अहिले बजेट लगायतका विषयहरु छ । अध्यादेश छ । अध्यादेश सदनमा प्रस्तुत हुन्छ । सदनले नै के गर्छ भन्ने कुरा भएको हुनाले, त्यो सदनको विषय नै भएको हुनाले अहिले त्यसमा, सदन ३ गते बोलाइसकिएको छ । त्यहाँ नै यसलाई टेबुल गरिदैँछ । त्यहाँबाट छलफल गरेर त्यो कसरी अगाडि बढ्छ, त्यसलाई स्वीकार, अस्वीकार, प्रतिस्थापन के हुन्छ भन्नेकुरा त्यहाँ गइसकेपछि तपाइहरुलाई जानकारी हुनेनैछ ।’

सरकारको समग्र योजना निर्माण भइसकेपछि त्यसैको आधारमा अर्थ मन्त्रालयको भावी योजना र कार्यक्रमबारे बताईने पनि शर्माले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : ५६ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र