१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख परिवर्तन हुन सक्ने विपक्षीले गरे संकेत



बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका नेताहरुले प्रदेश प्रमुख परिवर्तन हुन सक्ने संकेत गरेका छन् । अध्यादेशबाट बजेट सार्वजानिक भएको सम्बन्धमा आज विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुख फेरेर अल्पमतामा परेको सरकारलाई बहिर्गमन गराउने संकेत गरे । उनीहरुले प्रदेश प्रमुख सरकारको दुधको साँक्षी बिरालो बन्ने काम मात्र गरेको उल्लेख गर्दै संसदमा प्रक्रिया जारी रहेको अवस्थामा संसद बैठक अन्त्य गर्नु प्रदेश प्रमुखको अलोकतान्त्रिक र असंसदीय कदम भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले प्रदेश प्रमुखले दुधको साँछी बिरालाकारुपमा काम गरेको आरोप लगाए । उनले पटक पटक सरकार अल्पमतमा परेको पुष्टि हुँदा पनि मुख्यमन्त्रीले राजीनामा नदिनु स्वेच्छाचारी प्रबृत्ति भएको बताए । उनले आउने जाने क्रममा बाटोमा जम्बा भेट हुँदा कांग्रेस संसदीयदलका नेता बिरेन्द्र कनोडिया र मुख्यमन्त्री शंकर पोखरेलबीच बजेटका बिषयमा अनौपचारीक कुराकानी भएको उल्लेख गर्दै त्यही भेटलाई सरकारले सहमतिको हल्ला बनाएको आरोप लगाए । संसदबाट बजेट अनुमोदन सम्बन्धमा कांग्रेसको सरकारसँग कुनै सहमति नभएको उनले स्पष्ट पारे ।

माओवादी केन्द्रका प्रमुख सचेतक बसन्त घर्तीले संसदमा स्पष्ट अल्पमतमा परेको सरकारले पदमा बसिरहने अधिकार नभएको बताए ।

पत्रकार सम्मेलनमा विपक्षी गठबन्धनबाट बितरित प्रेस विज्ञप्तिमा पनि मुख्यमन्त्रीले यथासिघ्र राजीनामा दिनु पर्ने उल्लेख गरिएको छ । नेपाली कांग्रेसका दलका नेता वीरेन्द्र कानोडीया, नेकपा माओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी नेपालका दलका नेता सहस्राम यादव र राष्ट्रिय जनमोर्चाका दलका नेता तारा जिसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा बलजफ्ती, निरङ्कुश र स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ ।

प्रदेश सभामा पेश भएको बजेटमाथिको छलफलपछि निर्णयार्थ पेश गर्न लाग्दा पास नहुने देखेपछि ुहठात् मानसिकताबाट ग्रसित भई अधिवेशनको अन्त्य गरेर सोझै अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमु रहेको विपक्षी गठबन्धनको विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ५९ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’