७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कांग्रेस महाधिवेशन निर्धारित मितिमै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । महाधिवेशन निर्धारित समयमा हुने नहुने आशंका भइरहँदा पदाधिकारी बैठकले निर्धारित समयमा नै गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पार्टीको १४औं महाधिवेशन, क्रियाशील सदस्यता र समयावधिका विषयमा छलफल भएको थियो ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशसरण महतले बैठकमा निर्धारित मितिमा नै महाधिवेशन गर्नेबारे नेताहरू सहमत रहेको जानकारी दिए । उनका अनुसार बैठकमा कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिबाट भएका कामको प्रगति, समायोजन समितिबाट भएका काम र निर्वाचनसम्बन्धी निर्देशिकाका विषयमा छलफल भएको र सम्बन्धित समितिका संयोजकहरूले अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको ब्रिफिङ पार्टी नेतृत्वलाई गरे । सप्तरी र बारामा भने विवाद बढी देखिएको छ । लेखकले आइतबारसम्म पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशिल सदस्यतासम्बन्धी सूची बुझाइने जानकारी दिए ।

उनका अनुसार विदेशस्थित जनसम्पर्क समितिबाटसमेत गरी कांग्रेसमा ९ लाख क्रियाशील सदस्य पुगेका छन् । यो आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ४४ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी