२२ बैशाख २०८१, शनिबार | May 4, 2024

पश्चिम युरोपमा भीषण बाढी, कम्तीमा १२० जनाको मृत्यु



एजेन्सी । पश्चिम युरोपमा भारी वर्षापछिको बाढीपहिरोमा कम्तीमा १२० जनाको मृत्यु भएको छ । कयौँ मानिसहरु बेपत्ता भएका छन् ।

बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित भएको छ । बाढीको असर सबैभन्दा धेरै असर जर्मनीमा परेको जनाइएको छ ।

एक महिनामा पर्ने पानी २४ घण्टाभित्रै परेको त्यहाँको मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जर्मनीमा नौ घण्टामा अधिकतम २ सय ७ मिलीलिटरसम्म पानी परेको छ । मृतक अधिकांश जर्मनीका छन् ।

जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका बीबीसीले जनाएको छ । जर्मन मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले अहिलेको बाढी यो शताब्दीकै ठूलो मानिएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएकी छन् ।

जलवायु परिवर्तन र बढ्दो तापक्रम ठूलो वर्षा र बाढीको कारण रहेको विज्ञहरुले जनाएका छन् । औद्योगिक युग शुरू भएयता विश्वको तापक्रम १।२ डिग्री सेल्सियस बढिसकेकाले तापक्रम घटाउने क्रियाकलाप नगरे धेरै विनाश हुने विज्ञहरुको चेतावनी छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : ११ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ