१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

पश्चिम युरोपमा भीषण बाढी, कम्तीमा १२० जनाको मृत्यु



एजेन्सी । पश्चिम युरोपमा भारी वर्षापछिको बाढीपहिरोमा कम्तीमा १२० जनाको मृत्यु भएको छ । कयौँ मानिसहरु बेपत्ता भएका छन् ।

बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित भएको छ । बाढीको असर सबैभन्दा धेरै असर जर्मनीमा परेको जनाइएको छ ।

एक महिनामा पर्ने पानी २४ घण्टाभित्रै परेको त्यहाँको मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जर्मनीमा नौ घण्टामा अधिकतम २ सय ७ मिलीलिटरसम्म पानी परेको छ । मृतक अधिकांश जर्मनीका छन् ।

जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका बीबीसीले जनाएको छ । जर्मन मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले अहिलेको बाढी यो शताब्दीकै ठूलो मानिएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएकी छन् ।

जलवायु परिवर्तन र बढ्दो तापक्रम ठूलो वर्षा र बाढीको कारण रहेको विज्ञहरुले जनाएका छन् । औद्योगिक युग शुरू भएयता विश्वको तापक्रम १।२ डिग्री सेल्सियस बढिसकेकाले तापक्रम घटाउने क्रियाकलाप नगरे धेरै विनाश हुने विज्ञहरुको चेतावनी छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : ११ बजे

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा