१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध



पर्वत । लगातारको वर्षाले मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध भएको छ ।

पर्वतको कुश्मा नगरपालिका-१ पाङको सहस्रधारामा पहिरो र लेदोले गएरातिदेखि नै सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ ।

सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ ।

वर्षा रोकिएलगत्तै खुलाउनका लागि प्रयास गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : १३ बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक