२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

पाल्पामा पहिराेमा पुरिएर एकजनाको मृत्यु



तानसेन । पाल्पामा पिहरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन् । सडकमा फसेको ट्याक्टरलाई निकाल्ने क्रममा माथिबाट खसेको पहिरोले च्यापी घाइते भएका एक जनाको मृत्यु भएको हो ।

जिल्लाको तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा फसेको ट्रयाक्टर निकाल्ने क्रममा पहिरो खस्दा ट्याक्टरमा सहयोगीको काम गर्दै आएका बर्दिया बार बर्दिया ठाकुरबाबा नगरपालिका २ अस्मेरीका २७ वर्षीय महेन्द्र भनिने मुमलाल पुनको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर हिलोमा फसेको थियो । ट्रयाक्टर फसे पछी लु १ क २४९६ र लु १ क २४९७ नम्वर को जेसिबीले ट्याक्टर निकाल्ने क्रममा अचनाक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिँन जाँदा लु १ क २४९६ नम्वरको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् ।

घाइतेको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ४९ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२