१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

पाल्पामा पहिराेमा पुरिएर एकजनाको मृत्यु



तानसेन । पाल्पामा पिहरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन् । सडकमा फसेको ट्याक्टरलाई निकाल्ने क्रममा माथिबाट खसेको पहिरोले च्यापी घाइते भएका एक जनाको मृत्यु भएको हो ।

जिल्लाको तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा फसेको ट्रयाक्टर निकाल्ने क्रममा पहिरो खस्दा ट्याक्टरमा सहयोगीको काम गर्दै आएका बर्दिया बार बर्दिया ठाकुरबाबा नगरपालिका २ अस्मेरीका २७ वर्षीय महेन्द्र भनिने मुमलाल पुनको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर हिलोमा फसेको थियो । ट्रयाक्टर फसे पछी लु १ क २४९६ र लु १ क २४९७ नम्वर को जेसिबीले ट्याक्टर निकाल्ने क्रममा अचनाक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिँन जाँदा लु १ क २४९६ नम्वरको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् ।

घाइतेको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ४९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम