१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

प्रदेश-२ सरकारमा माओवादी पनि सहभागी, दुई मन्त्रीले लिए शपथ



जनकपुरधाम । । प्रदेश-२ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेशमा माओवादी केन्द्रबाट शनिबार दुई जना मन्त्रीले शपथ लिएका हुन् । अब माओवादी केन्द्र प्रदेश २ मा आजदेखि सत्तारूढ दल बनेको छ ।

प्रदेश प्रमुख डा. राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा भरत साह र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा शपथ खुवाएका हुन् ।

साह महोत्तरी क्षेत्र नम्बर १(१) बाट निर्वाचित सांसद हुन् भने कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् । शुक्रबार बसेको माओवादीको संसदीय दलको बैठकले उनीहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

शुक्रबार मात्र मुख्यमन्त्री राउतसमक्ष आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले राजीनामा बुझाएका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ०३ बजे

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा