३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा



जनकपुरधामा । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेछापा मारेको छ।

काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोलीले बुधबार दिउँसो मुख्यमन्त्री कार्यालयमा पुगेर छापा मारेको हो ।

सामुदायिक विद्यालयहरुमा पढ्ने छात्राका लागि साइकल खरिदमा करोडौं अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानविन सुरु गरेको थियो । त्यसैक्रममा आज छापा हानेर सामान खरिदसम्बन्धी फाइल नियन्त्रणमा लिएको छ ।

प्रदेश २ सरकारले २०७६ मा ुबेटी बचाऊ, बेटी पढाऊु अभियान संचालनका लागि प्रदेशस सरकारले टेन्डर नगरी साइकल खरिद गरेको थियो । ९ करोड ८४ लाख १८ हजार रुपैयाँमा १४ हजार थान साइकल किनेर २६२ विद्यालयमा बाँढिएको थियो ।

बरामद फाइलहरुमाथि अख्तियारले केन्द्रीय कार्यालयमा अनुसन्धान गर्नेभएको छ ।

 

 

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : २३ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार